Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालध्रुव प्रसाद अर्ज्यालको निधन

ध्रुव प्रसाद अर्ज्यालको निधन


विराटनगर ।
साझा प्रकाशनका संस्थापक महाप्रबन्धक तथा पत्रकार ध्रुव प्रसाद अज्र्यालको यही वैशाख २८ गते निधन भएको छ । उनले लामो समय मोफसलमा रही विराटनगरबाट निस्किने जनजीवन साप्ताहिक र पञ्चशील दैनिकका सम्पादक एवं प्रकाश भई पत्रिका प्रकाशन गरेका थिए । विविध विषयमा कलम चलाउन रुचाउने अज्र्यालका ‘नेपालमा सहकारिता’ भन्ने पुस्तक समेत प्रकाशित भइसकेको छ ।

आदि महाकवि उदयानन्द अज्र्यालका वंशज उनले आदि महाकवि उदयानन्द अज्र्यालको जीवनी लेखी प्रकाशोन्मुख छ । यसैगरी आर्यदेखि अर्यालसम्म, मोरङको नालीबेली, पिताजी कृष्ण प्रसाद कोइरालाको जीवनी, पूर्वप्रम मातृका प्रसाद कोइरालाको जीवन, अज्र्याल वंशावलीलगायत पुस्तकहरु प्रकाशोन्मुख छन् ।

वि.सं. २०१८ देखि एक दशकसम्म राष्ट्रिय दैनिक गोरखापत्रका नियमित आर्थिक लेखक रहेका उनी साझा संस्थाका चिफ रिसर्च अफिसर तथा साझा प्रकाशनका प्रथम महाप्रबन्धक रहेका थिए । २०४६ को राजनैतिक परिवर्तनपश्चात् मातृका प्रसाद कोइराला र कीर्तिनिधि विष्टद्वारा गठित राष्ट्रिय राजनैतिक पार्टी ‘राष्ट्रिय जनता परिषद्’का केन्द्रीय सदस्य रहेका थिए । वि.सं. १९९३ श्रावणमा जन्मिएका अज्र्याल पूर्वप्रम मातृका प्रसाद कोइरालाका छोरीज्वाइँ हुन् ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया