Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालप्रदेश सरकारको सहयोगमा सोलार बत्ती वितरण

प्रदेश सरकारको सहयोगमा सोलार बत्ती वितरण


लमजुङ ।
गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा क्व्होलासोथर गाउँपालिकाले ४१ वटा सोलार बत्ती वितरण गरेको छ । गाउँपालिकाले वडा नं ३ घलेगाउँ, वडा नं ४ भुजुङ र वडा नं ५ सिंदीमा सोलार बत्ती वितरण गरेको हो ।

गाउँपालिकाका अनुसार घलेगाउँमा पाँच, भुजुङ र सिंदीमा १८/१८ वटा गरी ४१ वटा सोलार बत्ती वितरण गरेको हो । पर्यटकीय गाउँ र रातिको समयमा यहाँका विभिन्न गाउँमा आउने पर्यटकदेखि स्थानीयलाई असहज भएकाले सहजताको लागि सोलार बत्ती वितरण गरिएको गाउँपालिका अध्यक्ष प्रेमबहादुर घलेले बताए । उनले भने, ‘पर्यटकीय गाउँ भुजुङ, घलेगाउँ र सिंदीलाई सोलार बत्ती वितरण गर्ने निर्णय गरिएको हो ।’

सोलार बत्ती जडान भएपछि बत्ती गएको सयमामा पनि पाहुनाको स्वागत सत्कारसँगै सार्वजनिक कार्यहरु सञ्चालन गर्न सहज हुने अपेक्षा गरिएको छ । साथै, राति हुने विभिन्न घटनामा सोलार बत्तीले स्थानीयलाई धेरै सहज पुग्ने बताइएको छ । ती सोलारहरु ती गाउँका मुख्य बाटो, सार्वजनिक स्थल पार्टी पौवामा सोलार बत्ती जडान गरिने भएको छ । प्रदेश सरकारले चालू आर्थिक वर्ष २०७७/०७८ मा विनियोजन गरेको ५० लाख रुपैयाँबाट सोलार बत्ती खरिद गरी वितरण गरेको गाउँपालिकाले जनाएको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया