Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालएफएनसीसीआई अपरेसन कोभिड रिलिफ नेपाल अभियानको प्रभाव

एफएनसीसीआई अपरेसन कोभिड रिलिफ नेपाल अभियानको प्रभाव

मुलुक अप्ठ्यारोमा पर्दा महासंघ सधैं अग्रभागमा छ : गोल्छा


काठमाडौं ।
कोभिड–१९ को नयाँ भेरिएन्टको संक्रमणको महामारीबाट आक्रान्त सर्वसाधारणको स्वास्थ्य सुरक्षालाई उच्चतम प्राथमिकतामा राखी सहयोगका लागि नेपाल उद्योग वाणिज्य महासंघले अगाडि बढाएको एफएनसीसीआई अपरेसन कोभिड रिलिफ नेपाल अभियानअन्तर्गत सञ्चालित सबै कार्यक्रमहरूबाट ठूलो संख्यामा मानिसहरू लाभान्वित भइरहेका छन् ।

महासंघले गएको वैशाख २६ गतेदेखि थालेको यस अभियानअन्तर्गत हाल दुईवटा आइसोलेसन तथा उपचार केन्द्र, महासंघ कोभिड १९ सहायता केन्द्र र हेल्लो डाक्टर स्वास्थ्य परामर्श सेवा सञ्चालनमा छन् भने अन्य थप कार्यक्रमहरू पनि सञ्चालनमा ल्याउने योजनामा महासंघ छ । एफएनसीसीआई अपरेसन कोभिड रिलिफ नेपालअन्तर्गत क्षेत्रपाटीस्थित पुरानो गोर्खा अस्पतालको भवनमा स्थापना गरिएको कोभिड आइसोलेसन एवं प्राथमिक उपचार केन्द्र सञ्चालनमा आएको छ ।

उक्त आइसोलेसनको महासंघका अध्यक्ष शेखर गोल्छा, पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंह, काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गी (श्रेष्ठ) ले सोमबार शुभारम्भ गरे । सो अवसरमा महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, महानगरपालिका १७ का वडाध्यक्ष नविन मानन्धर, पूर्वमन्त्री भीमसेनदास प्रधान, महासंघको कार्यकारिणी समितिका सदस्यहरू, स्वास्थ्यकर्मी र वडावासीहरूको उपस्थिति थियो ।

कार्यक्रममा पूर्वउपप्रधानमन्त्री सिंह र महानगरपालिकाका उपमेयर खडगी (श्रेष्ठ)ले आइसोलेसन सेन्टरको प्रभावकारी सञ्चालनमा आआफ्नो क्षेत्रबाट सहयोग रहने प्रतिबद्धता जनाए । महासंघका अध्यक्ष गोल्छाले कोभिड महामारी मुलुकका लागि यतिखेर निकै ठूलो चुनौती भएर आएकालाई यस चुनौतीलाई परास्त गरी आम सर्वसाधारणको स्वास्थ्य सुरक्षामा सहयोग गर्न महासंघ दत्तचित्त भई लागेको बताए ।

उनले भने, ‘मुलुक अप्ठ्यारोमा पर्दा महासंघले सधैँ अग्रभागमा रहेर सेवा गरेको यसको इतिहास छ ।’ महासंघका वरिष्ठ उपाध्यक्ष ढकालले आममानिसको स्वास्थ्य सुरक्षा नै यतिखेर प्रमुख चासो रहेकाले महासंघले एफएनसीसीआई अपरेसन कोभिड रिलिफ नेपाल अभियान नै सञ्चालन गरी संक्रमणको चपेटामा परेका नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई सहयोग गर्न हातेमालो गरेको स्पष्ट पारे । उक्त आइसोलेसन एवं प्राथमिक उपचार केन्द्र स्थापना एवं सञ्चालन गर्ने सम्बन्धमा नेपाल उद्योग वाणिज्य महासंघ र काठमाडौं महानगरपालिका वडा नम्वर १७ बीच गत वैशाख ३० गते एक समझादारीपत्रमा हस्ताक्षर गरिएको थियो ।

सेन्टर अहिले ५० वटा बेडबाट सुरु गरिएको छ । आवश्यकताका आधारमा विस्तार गर्दै एक सय बेडसम्म पु¥याइने योजना रहेको महासंघको भनाइ छ । उक्त केन्द्रमा कोभिड भई घर वा कोठामा नै आइसोलेसनमा बसी हेरचाह, रेखदेख गर्न सम्भव नरहेका कोभिड बिरामीहरूलाई उचित खाना, औषधि, वासस्थानको व्यवस्था गरी स्वास्थ्यकर्मीहरूको निगरानीमा राखी आइसोलेसन सेवा प्रदान गरिनेछ । केन्द्रअन्तर्गत आइसोलेसनमा रहेका बिरामीहरूलाई आपत्कालीन रूपमा अक्सिजन दिनुपर्ने भएमा अक्सिजन दिई प्राथमिक उपचार गर्ने वा आवश्यकताअनुसार चिकित्सकको सल्लाहमा बिरामीहरूलाई सम्बन्धित अस्पतालमा पठाउने व्यवस्था हुनेछ ।

महासंघ र वडा नम्बर १७ बीचको आपसी सहमतिअनुसार महानगरपालिका वडा कार्यालयले चिकित्सक, नर्स एवं स्वयम् सेवकको नियुक्ति एवं परिचालन गर्ने, आइसोलेसनमा रहेका बिरामीहरूको रेखदेख, स्याहारसुसार र स्वास्थ्यकर एवं पौष्टिक खानाको उपयुक्त व्यवस्थापन गर्ने, आइसोलेसनमा रहेका आपत्कालीन वा आकस्मिक उपचारको स्थितिमा रहेका बिरामीहरूलाई चिकित्सकको सिफारिसमा सम्बन्धित अस्पतालमा पठाई उपचारको व्यवस्था मिलाएको छ भने महासंघले कोभिड आइसोलेसन एवं प्राथमिक उपचार केन्द्रको सञ्चालन तथा व्यवस्थापनको लागि आवश्यक आर्थिक स्रोतको जोहो गर्नेछ ।

त्यसैगरी महासंघले भगवान महावीर जैन–निकेतन, आरम्भ फाउण्डेसन र कामनपा २९ वडाको सहयोग एवं सहकार्यमा वैशाख ३० गतेदेखि काठमाडौंको कमलपोखरीस्थित जैन निकेतनमा ५० बेडको ड्राई आइसोलेसन केन्द्र (अक्सिजन र आपत्कालीन सेवाबाहेकको) सञ्चालनमा ल्याइसकेको छ । उक्त केन्द्रमार्फत हाल ४० जनाले सेवा पाइरहेका छन् । उक्त केन्द्र सञ्चालनका लागि भगवान महावीर जैन निकेतनले स्थान उपलब्ध गराएको छ भने आरम्भ फाउण्डेसनले आइसोलेसनको दैनिक व्यवस्थापन र सञ्चालन गर्ने जिम्मेवारीसहित दुई जना स्वास्थ्यकर्मी र एक जना चिकित्सकको व्यवस्था गरिरहेको छ ।

स्थानीय तहमा संक्रमितहरूसँग समन्वय गर्ने कार्यमा काठमाडौं महानगरपालिका वडा नम्वर २९ ले सहयोग गरिरहेको छ । जैन निकेतमा सञ्चालित आइसोलेसन केन्द्रमा रहने संक्रमितहरूका लागि बिहान बेलुकाको खाना र दिउँसोको खाजाको प्रबन्ध गरिएको छ । केन्द्रमा अक्सिजनबाहेक कोरोना संक्रमितहरूका लागि दिइने खाने औषधिहरु समेत उपलब्ध गराइएको महासंघले जनाएको छ ।

त्यसैगरी महासंघले कोभिड संक्रमितहरूलाई स्वास्थ्य परामर्श दिन गत वैशाख २६ गतेदेखि हेल्लो डाक्टर कार्यक्रम सञ्चालन गरेको छ । भाइबरको सहकार्यमा डाक्टर अन कलका चिकित्सकहरूले बिरामीहरूलाई स्वास्थ्य परामर्श दिइरहेका छन् । त्यस्तै महासंघको कोभिड सहायता केन्द्रबाट निकै धेरै मानिसहरूले राहत पाएका छन् । कोभिड संक्रमणबाट ग्रसित भई समयमा अस्पतालमा बेड पाउन नसकेका, अक्सिन, एम्बुलेन्सलगायतका सेवा समयमा पाउन नसकी समस्यामा परेका बिरामी र तिनका आफन्तहरूलाई केन्द्रमार्फत सहयोग भइरहेको महासंघले जनाएको छ ।

महासंघले अगाडि बढाएको स्वास्थ्य सेवा अभियान महासंघका अध्यक्ष गोल्छाको नेतृत्वमा निवर्तमान अध्यक्ष भवानी राणा, विशिष्ट सदस्य एवं पूर्वअध्यक्ष पशुपति मुरारका, वरिष्ठ उपाध्यक्ष ढकाल, उपाध्यक्षहरू दिनेश श्रेष्ठ, अन्जन श्रेष्ठ, रामचन्द्र संघाई, कोषाध्यक्ष सुकुन्तलाल हिराचन, स्वास्थ्य तथा सीप विकास समितिका सभापति हेमराज ढकाल, महासंघको स्टार्टअप एण्ड इनोभेसन समितिका सभापति रंजितराज आचार्य, महासंघको रोजगारदाता परिषद्का उपसभापति प्रबलजंग पाण्डे, द्विराष्ट्रिय एवं गैरआवासीय नेपाली समन्वय फोरमका सभापति ई. देशबन्धु बस्नेत (अजित), कार्यकारिणी समितिका सदस्यहरू ज्योत्सना श्रेष्ठ, भक्त बहादुर हमाल, सौरभ ज्योति, डाक्टरहरू, महासंघका पूर्वपदाधिकारी एवं कार्यसमिति सदस्यहरू, सचिवालयसहित महासंघको सिंगो टिम नै यतिखेर अग्रभागमा रहेर कार्य गरिरहेको छ ।

त्यसैगरी महासंघका सबै सदस्य संघ÷संस्था, उद्योग प्रतिष्ठानहरूले आआप्mना क्षेत्रमा आफूले सकेको सहयोग गरिरहेको महासंघले जनाएको छ । सबैले स्वास्थ्य सामग्री, आइसोलेसन निर्माण तथा सञ्चालन, एम्बुलेन्स सेवा सञ्चालन, औषधि वितरण, अस्पतालहरूलाई आर्थिक तथा स्वास्थ्य सामग्रीहरू उपलब्ध गराई सहयोग गरिरहेको महासंघको भनाइ छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया