Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालकोहलपुरमा २७ करोडको लागतमा बसपार्क निर्माणकार्य सुरु

कोहलपुरमा २७ करोडको लागतमा बसपार्क निर्माणकार्य सुरु


काठमाडौं ।
कोरोना महामारीका बीच बाँकेको कोहलपुरमा २७ करोड ८८ लाख रूपैयाँबराबरको लागतमा बसपार्क निर्माणकार्य सुरु गरिएको छ । कोहलपुर नगरपालिकाले कोहलपुर चौराहदेखि पूर्वतर्फको खाली जग्गामा लामोदूरीको बसपार्क निर्माण गर्नलागेको हो ।

पाँच बिघा १६ कठ्ठामा निर्माण हुनलागेको बसपार्कको कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावतले शिलान्यास गरेका छन् । यसअघि कोहलपुरमा छोटोदूरीको बसपार्क निर्माण सम्पन्न भइसकेको छ । खड्का–दया सगुन निर्माण सेवा कन्स्ट्रक्सनले आगामी दुई वर्षको अवधिमा निर्माण सम्पन्न गर्नेगरी बसपार्क निर्माणको जिम्मा पाएको छ ।

कोहलपुर नगरपालिका र खड्का दयासगुन निर्माण सेवा कन्स्ट्रक्सनबीच गत चैत २६ गते लामोदूरीको बसपार्क निर्माणका लागि सम्झौता भएको नगरपालिकाका मेयर रावतले जानकारी दिए । मेयर रावतका अनुसार बसपार्क निर्माणका लागि कुल बजेटको ६० प्रतिशत नगर विकास कोषबाट र ४० प्रतिशत कोहलपुर नगरपालिबाट रकम विनियोजन गरिएको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया