Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालनिषेधाज्ञामै सकियो बैतेश्वरको देउराली फेदी–क्षत्रपा सडकको कालोपत्रे

निषेधाज्ञामै सकियो बैतेश्वरको देउराली फेदी–क्षत्रपा सडकको कालोपत्रे


दोलखा ।
जिल्लाको बैतेश्वर गाउँपालिका वडा नम्बर ५ र ८ अन्तर्गतको देउराली फेदी–क्षत्रपा सडकको कालोपत्रे निषेधाज्ञाको समयमै सकिएको छ । अघिल्लो सातादेखि सुरु गरेको सडकको कालोपत्रे छोटो समयमै सम्पन्न भएको हो ।

गत मंसिरमा गाउँपालिकाले दियल कन्स्ट्रक्सन एन्ड सप्लायर्स कम्पनीलाई बोलपत्र आह्वान गरेर ठेक्का दिएको थियो । कम्पनीले सरकारी मापदण्डअनुसार सडक निर्माण गरेकाले गाउँपालिकाकै ग्रामीण सडकअन्तर्गतको नमूना कालोपत्रे भएको बैतेश्वर गाउँपालिका सबइन्जिनियर रबिन्द्र खत्रीले जानकारी दिए । क्षत्रपा गाउँदेखि मैनापोखरी बजार जोड्ने मुख्य नाकाको रूपमा रहेको यस सडकको कालोपत्रेलगायतको अन्य संरचना निर्माणको काम गुणस्तरीय भएको पाइएको प्राविधिक विश्वकर्माले बताए ।

बैतेश्वर गाउँपालिकाको एक करोड र वाग्मती प्रदेशको थप एक करोड अनुदानमा सो सडकको कालोपत्रे गरिएको ठेकेदार कम्पनी दियल कन्स्ट्रक्सन एन्ड सप्लायर्सका प्रमुख सुबास तामाङले जानकारी दिए । दोस्रो लहरको कोरोना भाइरसले जिल्ला निषेधाज्ञामा परे पनि स्वास्थ्य सतर्कता अपनाई भौतिक दूरी कायम गरेर काम गरेको उनले बताए ।

गत वर्ष सात सय मिटर ढलान गरिएको सडकको चालू वर्षमा थप एक किलोमिटर कालोपत्रे गरिएको हो । दियल कन्स्ट्रक्सन एन्ड सप्लायर्सले सडकको ग्राबेलिङ, नाला, ग्राबेल र बेसको काम अघिल्लो महिनामै सकेको थियोे । मौसम खराबीले कालोपत्रे गर्न दुई साता ढिलो भए पनि सम्झौताको समयअघि नै कालोपत्रे सकेर राम्रो काम गरेको बैतेश्वर गाउँपालिका अध्यक्ष छवि लामाले जानकारी दिए ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया