क्रसर उद्योगीले बुझाए मुख्यमन्त्री कार्यालयमा ज्ञापनपत्र
जनकपुरधाम, माघ ५
प्रदेश दुईका मुख्यमन्त्रीले प्रदेशका सबै क्रसर उद्योगलाई बन्द गर्न दिएको वक्तव्यपछि प्रशासनले बन्द गर्न लगाएपछि प्रदेश २ मा क्रसर सञ्चालक आन्दोलित भएका छन् । धनुषा, महोत्तरी, सर्लाही तथा सिरहाका क्रसर उद्योगी तथा बालुवा प्रशोधन केन्द्रका सञ्चालकहरुले शुक्रबारदेखि क्रसरसम्बन्धी सम्पूर्ण काम बन्द गरेर आन्दोलन सुरु गरेका छन् ।
प्रदेश सरकार र प्रहरीले कानुनविपरीत आफूहरुको कारोबारमा रोक लगाएको उद्योगीले प्रदेश सरकारद्वारा लगाइएको रोक फिर्ता नलिएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन् । उनीहरुले प्रदेशमा मापदण्डविपरीतका क्रसर उद्योग बन्द गर्ने प्रदेश सरकारको निर्णयको विरोध गरेका हुन् । उनीहरुले प्रदेश सरकारको निर्णयबाट अर्बौँ रुपैयाँको लगानीबाट सञ्चालित व्यवसाय नै संकटमा पर्ने भन्दै असन्तुष्टि जनएका छन् ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- नेपालमा फेरि बढ्न थाल्यो कोभिड, नयाँ भेरिअन्ट आएको हुनसक्छ?
- वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि टेलिमेडिसिन सेवा सुरु
- बिग्रिए राष्ट्रिय पुस्तकालयका किताब, संरक्षणका लागि ८५ लाख माग
- अख्तियारको वार्षिक प्रतिवेदन संसद्मा पेश
- सांसदको एक स्वर:मिटरब्याज पीडितको समस्या समाधान गरौँ
- ब्रिटिश युवा पर्यटकलाई निरुत्साहित पार्दै एम्सटरडम
- बजेटका बेला आर्थिक प्रशासन अलमलमा पर्ने आशङ्का
- ‘पर्यटनमार्फत गण्डकीमा समृद्ध हासिल गछौँ’
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- सेयर लगानीकर्तालाई सचेतना तालिम आयोजना
तपाईको प्रतिक्रिया