Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालसुदूरपश्चिममा अत्याधुनिक रक्तसञ्चार केन्द्र सञ्चालनमा

सुदूरपश्चिममा अत्याधुनिक रक्तसञ्चार केन्द्र सञ्चालनमा


धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा देशकै दोस्रो ठूलो तथा अत्याधुनिक सेवा सुविधायुक्त रक्तसञ्चार सेवा केन्द्र सञ्चालनमा आएको छ । नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाअन्तर्गत निर्माण गरिएको सुदूरपश्चिम प्रदेशमै अत्याधुनिक सुविधासम्पन्न रक्तसञ्चार सेवा केन्द्र भवनको शुक्रबार हस्तान्तरण गरिएको हो ।

रेडक्रस जिल्ला शाखा कैलालीको पहलमा यूएस प्यासिफिक कमान्ड र यूएस एम्बेसीको सहयोगमा करिब १२ करोडको लागतमा निर्माण भएको सो भवन शुक्रबार एक औपचारिक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरिएको छ । भवन हस्तान्तरण कार्यक्रममा सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाशबहादुर शाहले रक्त सञ्चार केन्द्रलाई प्रदेश सरकारले सदैव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले रेडक्रसले सञ्चालन गर्ने सबै मानवीय गतिविधिमा प्रदेश सरकार सहयोग गर्न तयार रहेको बताए ।

कार्यक्रममा धनगढी उपमहानगरपालिकाका प्रमुख नृप ओडले रक्तसञ्चार सेवा केन्द्रको सञ्चालनमा उममहानगरपालिकाको सहयोग रहने बताए । यो संरचना प्रदेशकै लागि महत्वपूर्ण रहेको उनको भनाइ थियो । कैलाली रेडक्रसका सभापति उत्तम जोशीले विश्व स्वास्थ्य संगठनद्वारा निर्धारित सम्पूर्ण मापदण्डमा आधारित रहेर उक्त सेवाकेन्द्रमा सुविधाको व्यवस्था गरिने बताए । भवन र उपकरणसहित करिब १२ करोडको लगानी रहेको केन्द्र हिमालय विल्डर्सद्वारा निर्मित र डिजाइन होराइजन कन्सल्टेन्सीले गरेको हो । उक्त भवन यूएस प्यासिफिकको सहयोगमा निर्माण गरिएको हो ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x