Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालकन्सुलरहरूको डिनमा गोल्छा नियुक्त

कन्सुलरहरूको डिनमा गोल्छा नियुक्त


काठमाडौं । नेपालस्थित कन्सुलरहरूको छाता संगठन अनररी कन्सुलर कर्प्स–नेपाल (एचसीसी–एन) मा नयाँ डिन चयन गरिएको छ । नेपालस्थित मोरक्को अधिराज्यका लागि महावाणिज्यदूत वसन्त कुमार चौधरीको एक वर्षे कार्यकालको समाप्तिसँगै आगामी एक वर्षका लागि एचसीसी–एनको डिनमा लोकमान्य गोल्छा चयन भएका हुन् । उनी पोल्यान्डका लागि अवैतिनक महावाणिज्यदूत तथा गोल्छा अर्गनाइजेसनका अध्यक्ष समेत हुन् ।

एचसीसी–एनको १४औँ ‘चार्टर्ड डे’को अवसरमा शुक्रबार आयोजित एक औपचारिक समारोहका बीच तत्कालीन डिन चौधरीले गोल्छालाई पद हस्तान्तरण गरेका हुन् । एचसीसी–एनले प्रत्येक वर्षको जुलाई २३ का दिन ‘चार्टर्ड डे’ मनाउँदै आएको छ । सोही दिन एचसीसी–एन डिनको पद पनि हस्तान्तरण गर्ने प्रचलन छ ।

सन् २००७ मा कन्सुलरहरूबीच मित्रवत् व्यवहार स्थापना, आपसी समझदारी तथा हित र सदस्यहरूबीच सूचना आदानप्रदानलगायतका उद्देश्य राखी एचसीसी–एन गठन भएको थियो । एचसीसी–एनको पहिलो डिनको रुपमा स्विडेनका लागि कन्सुल जनरल गजेन्द्रबहादुर श्रेष्ठ चयन भएका थिए । नियुक्तिको हिसाबले वरिष्ठताका आधारमा कन्सुलरहरूले एचसीसी–एनमा डिनको रुपमा काम गर्ने अवसर पाउने गरेका छन् । 


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x