Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालमेवा खोला हाइड्रोपावर निर्माणको लागि सात अर्ब लगानी जुट्यो

मेवा खोला हाइड्रोपावर निर्माणको लागि सात अर्ब लगानी जुट्यो


काठमाडौं । मेवा खोला हाइड्रोपावर निर्माणको लागि सात अर्ब रुपैयाँ लगानी जुटेको छ । प्रदेश नंं. १ को ताप्लेजुङ्गको साबिक थुकिमा, लिङतेप एवं खाम्लुङ्ग गा.वि.स. (हालको मेरिङदेन गाउँपालिका) मा युनाइटेड मेवा खोला हाइड्रोपावर प्रालिले ५० मेगावाट क्षमताको मेवा खोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

आयोजना निर्माणको लागि सिटिजन्स बैंकको अगुवाइमा कुमारी बैंक, मेगा बैंक, नेपाल इन्फ्रास्ट्रचर बैंक, सिद्धार्थ बैंक, नेपाल एसबीआई बैंक र सिभिल बैँकसहित सात बैंकहरूले सात अर्ब रुपैयाँ (६ अर्ब ७५ करोड आवधिक कर्जा र २५ करोड रुपैयाँ चालू पुँजी कर्जा) ऋण लगानी गर्ने भएका छन् । उक्त ऋण लगानीका लागी प्रवर्द्धक कम्पनी एवं बैंकहरूबीच गत बिहीबार वित्तीय व्यवस्थापनका लागि सहवित्तीयकरण सम्झौतामा हस्ताक्षर गरिएको थियो ।

परियोजनाको अनुमानित लागत करिब नौ अर्ब रुपैयाँ रहेकोमा बैंकहरूले ७५ः२५ को ऋणःस्वपुँजी अनुपातमा छ अर्ब ७५ करोडबराबरको ऋण लगानी गर्नेछन् । यसमध्ये, सिटिजन्स बैंकबाट एक अर्ब ४५ करोड, कुमारी बैंकबाट एक अर्ब, मेगा बैंक नेपालबाट एक अर्ब, नेपाल इन्फ्रास्ट्रचर बैंकबाट एक अर्ब नेपाल एसबीआई बैंकबाट ८० करोड, सिद्धार्थ बैंकबाट एक अर्ब र सिभिल बैंकबाट ५० करोड रुपैयाँ लगानी हुनेछ भने २५ प्रतिशत स्वपुँजी प्रवर्द्धकहरूबाट जुटाइनेछ ।

आयोजनाको निर्माण आगामी तीन वर्षभित्र नै निर्माणसम्पन्न गरी विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ । आयोजना निर्माणका लागि नेपाल विद्युत् प्राधिकरण, विद्युत विकास विभाग, वन तथा वातावरण मन्त्रालयलगायत सरोकारवाला निकायहरूमा गर्नुपर्ने सबै कानुनी प्रक्रिया पूरा गरी आयोजना निर्माणाधीन अवस्थामा रहेको आयोजनाले जानकारी दिएको छ ।

निर्माण सम्पन्नपश्चात् उत्पादित बिजुली नेपाल विद्युत् प्राधिकरणको कोशी कोरिडोरअन्तर्गतको ढुङ्गेसाँघुस्थित सबस्टेसनमा जोडिनेछ । आयोजनाबाट हिउँदमा ९७.४२४ गिगावाट घण्टा र वर्षामा २०५.५८७ गिगावाट गरी वार्षिक ३०३.०११ गिगावाट घण्टा विद्युत् उत्पादन हुने आयोजनाकाले भनाइ छ । 


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x