Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालप्रहरी जवान पदको परीक्षामा सहभागी नक्कली परीक्षार्थीसहित ६ जना पक्राउ

प्रहरी जवान पदको परीक्षामा सहभागी नक्कली परीक्षार्थीसहित ६ जना पक्राउ


मोरङ । १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र रानी विराटनगरमा सञ्चालित प्रहरी जवान पदको परीक्षामा सहभागी नक्कली परिक्षार्थीसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भोजपुर पौवादुङ्मा गाउँपालिका–६ बस्ने २३ वर्षीय सूर्य राई, १९ वर्षीय सागर राई, २२ वर्षीय संगम राई, धनकुटा साँगुरीगढी गाउँपालिका–८ बस्ने १९ वर्षीय सरोज राई, २७ वर्षीय राज कुमार राई र धनकुटा सहिदभूमि गाउँपालिका–३ बस्ने २१ वर्षीय खपाङ राई रहेका छन् ।

प्रारम्भिक अनुसन्धानको क्रममा सूर्य राईले प्रहरी जवान पदमा नयाँ भर्ना गराई दिन्छु भनि संगम राईबाट नगद एक लाख १८ हजार रुपैयाँ, सागर राईबाट नगद एक लाख १८ हजार रुपैयाँ र सरोज राईबाट नगद दुई लाख रुपैयाँ लिएको खुल्न आएकोले उक्त कार्यमा संलग्न छ जनालाई १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र रानी विराटनगरले पक्राउ गरेको हो ।

उनीहरुउपर शिक्षा ऐन, २०२८ को दफा १७ को १ (क) बमोजिम परीक्षासम्बन्धी कसूरमा जिल्ला प्रशासन कार्यालय मोरङबाट पाँच दिन म्याद लिई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया