Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालचेम्बरको सूचना प्रविधि समिति गठन

चेम्बरको सूचना प्रविधि समिति गठन


काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले सूचना प्रविधि समिति गठन गरेको छ । चेम्बरको कार्यसमिति सदस्य रत्न तारा तुलाधरको सभापतित्वमा उक्त समिति गठन गरिएको हो ।

साथै चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले समितिको विस्तार समेत गरेका छन् । समितिको सल्लाहकारमा विनोद ढकाल, दीपेश प्रधान तथा सदस्यहरुमा प्रदीप लामिछाने, अकवर हुसेन, सञ्जीव कुमार श्रेष्ठ, सन्तोष राजभण्डारी, मोना न्याच्छों, दीपेश हाडा, राजन कर्माचार्य, हेमन्त वराल नबिन जोशी चयन भएका छन् ।

उक्त अवसरमा चेम्बर अध्यक्ष मल्लले यस क्षेत्रको प्रवर्द्धनका लागि सूचना प्रविधि क्षेत्रसँग आबद्ध सबै निकायहरु लाग्नुपर्ने बताए । समितिमा नेपालको सूचना प्रविधि क्षेत्रको विकासमा लामो अनुभव हासिल गरेका महानुभावहरुकोे प्रतिनिधित्व भएकोले चेम्बरको सूचना प्रविधिको क्षेत्रमा गरिने प्रयासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनले बताए ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया