Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालमधुमेह दिवसमा नर्भिकद्वारा विशेष हेल्थ प्याकेजको घोषणा

मधुमेह दिवसमा नर्भिकद्वारा विशेष हेल्थ प्याकेजको घोषणा


काठमाडौं । वर्ल्ड डाइबिटिज डे (विश्व मधुमेह दिवस)को अवसरमा नर्भिक इन्टरनेसनल अस्पतालले एक्सक्लुसिभ हेल्थ प्याकेजको घोषणा गरेको छ । विश्वव्यापी रूपमा बढ्दो मधुमेहको समस्याको न्यूनीकरणका लागि आफ्नोतर्फबाट पनि योगदान गर्न सकियोस् र मधुमेहका सम्भावित बिरामीहरूलाई स्वास्थ्य जाँचका लागि प्रोत्साहन गर्न सकियोस् भन्ने उद्देश्यले नर्भिकले विशेष प्याकेज घोषणा गरेको हो ।

मधुमेह जाँचको विशेष प्याकेज विश्व मधुमेह दिवसको दिन सहुलियत दरमा खरिद गर्न सकिने अस्पतालले जनाएको छ । विश्व मधुमेह दिवस नोभेम्बर १४ को दिन पर्छ । सो दिन नर्भिकमा आएर वर्ल्ड डायबिटिज डे प्याकेज लिन चाहनेले छ हजार रूपैयाँ तिरे पुग्छ । यो शुल्कमा रेन्डम ब्लड सुगर, एचबीए वानसी, एसजीओटी, एसएसजीपीटी, जी जीटी, यूरिया, क्रेटिनाइन, लिपिड प्रोफाइल, यूरिक एसीड, सीआरपी, इएसआर, र सीबीसीजस्ता परीक्षणहरू हुनेछन् । सामान्य अवस्थामा यी सबै परीक्षण गर्दा १० हजार हाराहारी तिर्नुपर्ने हुन्छ । मधुमेह दिवसको दिन १० हजार हाराहारी पर्ने परीक्षणलाई छ हजारमा सीमित गरी प्याकेज तयार गरिएको हो । नर्भिकले विश्व मधुमेह दिवसको दिन मधुमेह रोग विशेषज्ञ डा. डिना श्रेष्ठको निःशुल्क कन्सलट्यान्ट सेवा समेत सञ्चालन गर्नेछ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x