Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालपाचनप्रणालीमा समस्या भएकाले नर्भिकमा निःशुल्क सेवा पाउने

पाचनप्रणालीमा समस्या भएकाले नर्भिकमा निःशुल्क सेवा पाउने


काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा आगामी शनिवार पाचनप्रणालीसँग सम्बन्धित स्वास्थ्य समस्या भएकाहरुलाई केन्द्रित गरी निःशुल्क ओपीडी सेवा सञ्चालन हुने भएको छ । कात्तिक २७ गते शनिबारका दिन पाचनप्रणालीसँग सम्बन्धित समस्या भएकाहरुलाई निःशुल्क ओपीडी सञ्चालन हुनलागेको हो ।

नर्भिक अस्पतालका कन्सलट्यान्ट ग्यास्ट्रोइन्टेरोलोजिस्ट तथा डाइजेस्टिभ डिजिज सेन्टरका विभागीय प्रमुख डा. सन्दीपराज कुँवरले निःशुल्क ओपीडी सेवा दिने भएका हुन् । नर्भिक अस्पतालले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत विगत केही महिनादेखि प्रत्येक शनिबार निःशुल्क ओपीडी सेवालाई सञ्चालन गर्दै आएको छ । यही सेवाअन्तर्गत शनिबार १० देखि १२ बजेसम्म डा. कुँवरले निःशुल्क सेवा दिनलागेका हुन् । सर्वसाधारणको निःशुल्क ओपीडी सेवाप्रतिको आकर्षण समेत बढिरहेको अस्पतालले जनाएको छ ।

निःशुल्क ओपीडी सेवा लिन चाहनेले नर्भिक अस्पतालको कल सेन्टरको नम्बर ५९७००३२ मा सम्पर्क गरेर आफ्नो नाम अग्रिम टिपाउन सक्ने सुविधा समेत उपलब्ध छ । 


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x