Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालफागुनमा ‘नेपाल मेडिकल तथा ल्याब एक्स्पो’

फागुनमा ‘नेपाल मेडिकल तथा ल्याब एक्स्पो’


काठमाडौं । आगामी फागुनमा नेपाल मेडिकल तथा ल्याब एक्स्पो हुने भएको छ । एसडी प्रोमो मिडिया प्रालिले ईईपीसी भारत र च्यमसन नेपालसँगको सहकार्यमा एक्स्पोको आयोजना गर्न लागेको हो ।

आगामी फागुन १८ गतेदेखि २० गतेसम्म भृकुटीमण्डपमा हुने उक्त एक्स्पोको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । यो एक्स्पो, सबैभन्दा ठूलो बी टु बी मेडिकल, डाइग्नोस्टिक, ल्याबरेटोरी तथा विश्लेषणात्मक समाधानहरूको प्रदर्शनी हुने बताइएको छ । यस प्रदर्शनीमा नेपालका तीन सयभन्दा बढी प्रदर्शकहरू सहभागी हुनेछन् भने भारत तथा अन्य देशहरूबाट आठ सयभन्दा बढी ब्रान्डले एक हजारभन्दा धेरै उत्पादनहरू तथा सेवाहरू सार्वजनिक प्रदर्शनीमा राख्नेछन् ।

यसले स्वास्थ्य तथा ल्याबरेटोरीका आवश्यकतालाई सम्बोधन गर्ने बताइएको छ । यस छैटौँ संस्करणमा हेल्थ केयर, फर्मास्युटिकल तथा रिसर्च सेक्टरका लागि यी तीन दिन उपलब्धिमूलक हुने आयोजकको विश्वास छ । साथै प्रदर्शनीमा थुप्रै व्यावसायिक साझेदारी तथा उल्लेखनीय नेटवर्किङका अवसर पनि प्रदान गरिनेछ । यस प्रदर्शनीले नयाँ कम्पनीहरूका लागि पुराना स्थापित संस्था तथा ब्रान्डसँग परिचय तथा चिनजानका लागि महत्त्वपूर्ण अवसर दिनेछ । आयोजकका अनुसार सबै कम्पनीले आफ्ना पछिल्ला तथा उत्कृष्ट उत्पादन प्रदर्शन गर्नका लागि सबै तयारी पूरा गरेका छन् ।

प्रदर्शनीका विगतका संस्करणहरूमा पनि अग्रणी ब्राण्डहरूले सहभागिता जनाई आफ्ना उत्कृष्ट तथा नवीन उत्पादनहरूले सबैलाई प्रभावित गरेका थिए । प्रदर्शनीमा सहभागी हुने मेडिकल तथा ल्याबरेटोरीका प्रमुख ब्रान्डहरूमा स्कयानरे, एक्सिलेन्स, हिटाची, कोनिका, सोनि, जिइ, फिलिप्स, थ्रि एम, स्कयारेर, बेन्क, विनब्याक, हेहिन, माइन्डरे, एड्यान, -यानडोक्स, वोनडोक्स, अगापी, बिकन, होरिबा, एक्जिएस, जे मित्रा, मिअर्क, सिग्मा एल्डरिच, हन्ना, बेकम्यान कोल्टर, थेर्मो फिसर, अबान्टर, -याडबाग, म्यागनस, स्याटोरियस, एस्को, सेनजेन बायोसेन्स, बोरोसिल, डि–ल्याब, एन्यालिटिकन, रेटोलगायतका छन् ।

यस वर्षको मूल विषयवस्तु नयाँ नेपाल–हेल्थ केयर तथा ल्याबरेटोरीका पछिल्लो प्रविधि तथा उत्पादन अपनाएर नवीन तथा उत्कृष्ट विधि प्रयोग गर्नु रहेको आयोजकले जनाएको छ । एसडी प्रोमो मिडिया प्रालिका डाइरेक्टर राजेश शर्माले प्रर्दशनी निर्णयकर्ता, म्यानेजर, नर्सिङहोम, फर्मास्युटिकल, डाइग्नोस्टिक, कलेज, विश्वविद्यालय, ब्लड बैंक, मेडिकल कलेज लगायतलाई केन्द्रमा राख्दै आयोजना गर्न लागिएको बताए ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया