Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारएसियन इलेक्टोरल स्टेक होल्डर फोरम काठमाडौंमा

एसियन इलेक्टोरल स्टेक होल्डर फोरम काठमाडौंमा


काठमाडौं । निर्वाचन आयोग नेपाल र एसियन नेटवर्क फर फ्रि इलेक्सनको संयुक्त आयोजनामा दुई दिने एसियन इलेक्टोरल स्टेक होल्डर फोरमको छैटौँ संस्करण एसियन इलेक्टोरल स्टेक होल्डर फोरम काठमाडौंमा हुने भएको छ । एसियाका निर्वाचन व्यवस्थापन निकाय र सम्बद्ध सरोकारवाला निकायका उच्चस्तरीय प्रतिनिधिहरूको सहभागिता हुनेगरी यही मंसिर २० र २१ गते सो सम्मेलन आयोजना हुने भएको हो । सम्मेलनको उद्घाटन उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मंसिर २० गते र समापन परराष्ट्रमन्त्री एनपी साउदले मंसिर २१ गते गर्नेगरी तय भएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

सो सम्मेलनमा एसिया तथा प्रशान्त क्षेत्रका ४० देशका निर्वाचन व्यवस्थापन गर्ने निकायका प्रमुख तथा प्रतिनिधिहरू, नागरिक समाज र निर्वाचनका विभिन्न आयामहरूमा क्रियाशील गैरनाफामूलक तथा प्राज्ञिक संघसंस्थाका दुई सय जनाभन्दा बढी प्रतिनिधिहरू सहभागी हुनेछन् । उक्त सम्मेलनको मुख्य नारा ‘दिगो लोकतन्त्रको निर्माण : चुनावी चुनौती र अवसरहरूको सम्बोधन’ रहेको छ । सो सम्मेलनमा नेपाललगायत अन्य मुलुकहरूका विज्ञ व्यक्तिहरूबाट सात वटा विषयहरूमा केन्द्रित रही २१ वटा कार्यपत्रहरू प्रस्तुत गरिनेछन् । सो सम्मेलनबाट निर्वाचन सुधारमार्फत लोकतन्त्रलाई सुदृढ र निर्वाचनको अखण्डतालाई प्रवर्द्धन गर्न काठमाडौं घोषणापत्र समेत जारी गरिने आयोगले जनाएको छ ।

 


क्याटेगोरी : समाचार
ट्याग : #Page 12

तपाईको प्रतिक्रिया