वीरगन्ज ,वीरगन्जमा हिजोदेखि जारी निषेधज्ञा आज बिहान चार घण्टा हटाएर पुनः लगाइएको छ । रौतहटको इशनाथ नगरपालिकामा केही दिनअघि दुई पक्षबीच भएको झडपको विरोधमा एक समूहले वीरगन्जमा हिजो निकालेको प्रदर्शनका क्रममा दुई पक्षबीच झडपको स्थिति सृजना भएपछि जिल्ला प्रशासन कार्यालय पर्साले हिजो साँझ ५ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको थियो ।
सर्वसाधारणको सहजताका लागि आज बिहान ६ देखि १० बजेसम्मका लागि खुला गरिएको निषेधज्ञा पुनः लागू गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जानकारी दिए ।
स्थानीय सर्वसाधारणको दैनिकीलाई प्रभाव नपरोस् भनेर आज बिहान ६ देखि १० बजेसम्मका लागि खुला गरिएको निषेधाज्ञा पुनः स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम लागू भएको जनाइएको छ ।
पूर्वमा नगवा चौक, पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर पर्सा र दक्षिणमा मितेरी पुल ९भन्सार० सम्म निषेधाज्ञा लागू हुने सूचनामा उल्लेख छ । निषेधाज्ञा जारी गरेको ठाउँमा हिँड्डुल गर्न, जुलुस प्रदर्शन गर्न, घेराउ गर्न, भेला हुनलगायत उच्छृङ्खल गतिविधि गर्नमा रोक लगाइएको प्रजिअ भुसालले बताए ।
वीरगन्जमा सुरक्षा व्यवस्था कडा पार्नका लागि ठूलो सङ्ख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक एवं निमित्त प्रहरी प्रमुख कुमारविक्रम थापाले बताए ।
महानगरको माईस्थान चोक, आदर्शनगर चोक, पावरहाउस चोक, मुर्ली चोक, घण्टाघर, ठाकुरराम बहुमुखी क्याम्पस, इदगाह चोक, भन्सार क्षेत्रलगायत मुख्य चोक तथा गल्लीमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ ।
राससका अनुसार यसैबीच, पर्साको स्थानीय प्रशासनले धार्मिक, सामाजिक, सांस्कृतिक सद्भाव बिगार्ने एवं द्वन्द्वलाई उक्साउने प्रकारका सामग्री सामाजिक सञ्जालमा पोष्ट नगर्न तथा कुनै सञ्चार माध्यमबाट प्रसारण नगर्न आग्रह गरेको छ ।
प्रमुख जिल्ला अधिकारी भुसालले प्रेस विज्ञप्ति जारी गर्नुहुँदै वीरगन्जमा देखिएको असामान्य परिस्थितिलाई सावधानीपूर्वक व्यावस्थापन गरिएको र यस परिस्थितिमा सुरक्षा निकायको संयमता र राजनैतिक नेतृत्व तथा नागरिक समाजका विभिन्न व्यक्तिको सुझबुझपूर्ण सहयोगका कारण परिस्थिति नियन्त्रणभित्रै रहेको भन्दै सामाजिक सद्भाव बिगार्ने खालका सामग्री पोष्ट नगर्न आग्रह गरेका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सनराइजर्स हैदरावादलाई ८ विकेटले हराउँदै कोलकत्ताले जित्यो (आइपिएल) उपाधि
- चार सवारी साधन एकापसमा ठोक्किए : एक जनाको मृत्यु, २२ घाइते
- १ केजी १०१ ग्राम कोकिन सहित एक महिला पक्राउ
- सिरियामा २७ प्रतिशत जनसंख्या ‘चरम गरिबी’मा
- गुजरातमा आगलागीमा परी २० जनाको मृत्य
- युक्रेनलाई साढे २७ करोड डलर सहयोग गर्ने अमेरिकाको घोषणा
- टेलिकमको कपर प्रविधिबाट सञ्चालित सेवा एफटीटीएच नेटवर्कमा स्तरोन्नति
- नयाँ बानेश्वरमा टीभीएसको नयाँ सोरुम
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया