Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारललितपुरमा एक सय ३१ मिटर लामो झोलुंगे पुल उद्घाटन

ललितपुरमा एक सय ३१ मिटर लामो झोलुंगे पुल उद्घाटन


ललितपुर ।
ललितपुर महानगरपालिकामा एउटै वडा जोड्ने झोलुङ्गे पुलको उद्घाटन गरिएको छ । ललितपुर महानगरको वडा नम्बर २७ सुनाकोठीको बालकुमारीदेखि ओखाट जोड्ने झोलुंगेपुलको शनिबार माओवादी केन्द्रकी स्थायी समिति सदस्य तथा सो क्षेत्रकी सांसद पम्फा भुसालले उद्घाटन गरेकी हुन् ।

सांसद विकास कोषको एक करोड बजेटबाट सो पुल निर्माण गरिएको हो । एक सय ३१ मिटर लामो सो पुलमा एकैपटक साढे दुई सय मानिस यात्रा गर्न सक्ने प्रदेश सांसद राजकाजी महर्जनले जानकारी दिए । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेत्री भुसालले झोलुङ्गे पुल निर्माणले सो क्षेत्रका आवतजावतलाई सहज बनाउने र आन्तरिक पर्यटनलाई बढावा दिने बताइन् ।

पुललाई ‘बालकुमारी सहरी पर्यटकीय ओखाट पिङ्डोचा जोड्ने झोलुंगे पुल’ नामकरण गरिएको छ । प्रदेश सांसद महर्जनले झोलुंगे पुल निर्माणले सो क्षेत्रमा आन्तरिक पर्यटक बढ्ने र स्थानीयलाई काम गर्न सहज हुने बताए । ‘हिँडेर जाँदा २० मिनेट लाग्ने बाटो अब पाँच मिनेटमा छोटिएको छ’, उनले भने, ‘अब सो भेगमा आन्तरिक पर्यटक बढ्नेछ जसले स्थानीयको जीवनस्तर परिवर्तन गराउनेछ ।’ पुल उद्घाटन गरेपछि भुसाललगायतका अतिथिहरु सोही पुलमा वारपार गरेका थिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया