Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठपालिका समाचारगाउँ पालिकाभुक्तानी नहुँदा गाउँपालिका कार्यालय भवन निर्माण कार्य अलपत्र

भुक्तानी नहुँदा गाउँपालिका कार्यालय भवन निर्माण कार्य अलपत्र


दोलखा । जिल्लाको गौरीशंकर गाउँपालिकाको निर्माणाधीन प्रशासनिक भवन अलपत्र परेको छ । निर्माण कम्पनीलाई सम्झौताअनुसारको भुक्तानी नहुँदा निर्माण कार्य अलपत्र परेको हो ।

पालिकाको प्रशासनिक भवन निर्माणको लागि केन्द्र सरकारले सम्झौताअनुसारको रकम भुक्तानी नगर्दा भवनको फिनिसिङको कामका बीचमै रोकिएको गाउँपालिकाका अध्यक्ष विश्वास कार्कीले जानकारी दिए । उनका अनुसार तीन चरणमा ठेक्का लगाएर भवन निर्माण कार्य सुरु गरिएको थियो । दुई चरणमा लगाइएको ठेक्काको काम करिब सम्पन्न भए पनि अन्तिमपटक लगाइएको ठेक्काको रकम भुक्तानी ढिलाइ हुँदा काम रोकिएको छ । भवनको रंगरोगन, बिजुलीको लाइन विस्तार, फर्निचर, ट्वाइलेटलगायतको फिनिसिङको काम बाँकी रहेको पालिका अध्यक्ष कार्कीले बताए । आउँदो जेठभित्र बाँकी काम सकेर गाउँपालिकाको सम्पूर्ण सेवा नवनिर्मित भवनबाट दिनेगरी निर्माण सक्न केन्द्र सरकारसँग रकम भुक्तानीका लागि पहल गरिरहेको उनले जानकारी दिए ।

गाउँपालिकाले साढे दुई तलाको भवन निर्माण गर्न प्याकेज÷प्याकेजमा गरी तीन चरणमा दुई करोड ५८ लाखमा ठेक्का लगाएको थियो । पालिकाको ३० प्रतिशत तथा संघीय सरकारको ७० प्रतिशत लागतमा निर्मित उक्त भवन बैठक हलसहित १० वटा कोठा छन् । यता तेस्रो प्याकेजको काम गरिरहेको निर्माण कम्पनी सुपरदेउराली कन्स्ट्रक्सनले भने आर्थिक अभावकै कारण काम नसकिएको जनाएको छ । दुई महिनामा सकिने काम पाँच महिना बितिसक्दा पनि सम्पन्न गर्न नसकेको निर्माण व्यवसायी भागवत खड्काले बताए । पालिकाले सम्झौताअनुसारको रकम चाँडै भुक्तानी दिए वैशाखभित्र बाँकी काम सकेर पालिकालाई भवन हस्तान्तरण गरिने खड्काले बताए । पटक–पटक ताकेता गर्दा समेत सरकारले निर्माण सम्पन्न कार्यको रनिङ बिल समेत भुक्तानी दिन नसकेको उनको गुनासो छ । तेस्रो प्याकेजको काम ८० लाख रुपैयाँमा ठेक्का लागेको थियो ।


क्याटेगोरी : पालिका समाचार, गाउँ पालिका, बिबिध
ट्याग : #Page 7

तपाईको प्रतिक्रिया