Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधढुङ्गा, गिटी तस्करीका नाइके मनोज पक्राउ

ढुङ्गा, गिटी तस्करीका नाइके मनोज पक्राउ


बाँके, असार ७
बाँकेका नदी र खोलाहरूबाट अवैध दोहन गरेर ढुङ्गा, गिटी चोरी पैठारी गर्ने गरेका तस्करीका नाइके मनोज केसी पक्राउ परेका छन् । बाँकेमा राप्ती नदीबाट वर्षौंदेखि ढुङ्गा, गिटी तस्करी गर्दै आइरहेका मनोजलाई बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङको निर्देशनमा प्रहरीले पक्राउ गरेको हो । लामो समयदेखि टिप्पर, जेसीभी राखेर कानुनको उल्लंघन गर्दै राप्ती नदी दोहन गर्दै आइरहेका मनोजलाई प्रजिअ कुरुम्वाङको निर्देशनमा प्रहरीले पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रजिअ कुरुम्वाङले कानुनलाई अटेर गरी डनगिरी देखाएर नदी दोहन गरेकाले मनोजलाई पक्राउ गरिएको जानकारी दिए । अब नदीजन्य पदार्थ तस्करी गर्ने चालक र ओसारपसार गर्ने उपकरण मात्र होइन मालिकलाई नै पक्राउ गरेपछि मात्र नियन्त्रण हुने भएकाले तस्कर मनोजलाई पक्राउ गरिएको प्रजिअ कुरुम्वाङले बताए । पक्राउ परेका मनोजविरुद्ध जिल्ला प्रशासन कार्यालय बाँकेमा शुक्रबार नै मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।

पक्राउ परेका मनोजलाई म्याद थप गरी अहिले थुनामा राखिएको छ । राप्ती नदीबाट ढुङ्गा, गिटी तस्करी गरिरहेका बेला केही दिनअघि चालकसहित टिप्पर र जेसीभीलाई सशस्त्र प्रहरीले पक्राउ गरेको थियो । चालक र साधन छुटाउन मनोजले मालिक हुँ भन्दै प्रहरीलाई बारम्बार दबाब दिइरहेपछि उनलाई पक्राउ गरि मुद्दा दर्ता गरिएको प्रजिअ कुरुम्वाङले जानकारी दिए ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया