Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधबैंकिङ कसुर गरी सात करोड रुपैयाँ ठग्ने अग्रवाल पक्राउ

बैंकिङ कसुर गरी सात करोड रुपैयाँ ठग्ने अग्रवाल पक्राउ


काठमाडौं, साउन ४
बैंकिङ कसुर गरी करोडौँ रुपैयाँ ठग्ने पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखा काठमाडौंले झापा, बारा, पर्सा, सर्लाही बस्ने २२ जना व्यक्तिहरुबाट सात करोड ८१ लाख ४२ हजार रुपैयाँबराबर ठगी फरार रहेका अभियुक्त झापा दमक नगरपालिका ७ कृष्णसमन्दिर घर भएका २९ वर्षीय मनिष अग्रवाल भन्ने चन्दन जिन्दललाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार उनलाई भक्तपुर मध्यपुर ठिमि नगरपालिका ३ गठ्ठाघरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरिएको हो ।

अभियुक्त जिन्दलले २२ जना व्यक्तिहरुबाट उक्त रकम ठगी गर्नुका साथै तथा बारा, पर्साका विभिन्न खाद्यान्न व्यापारीहरुलाई विश्वासमा लिई उधारोमा खाद्यान्न ल्याई काठमाडौंका व्यापारीहरुलाई खरिद मूल्यभन्दा पनि सस्तोमा नगदमा बिक्री गर्ने गरेको तथा झापामा जमिन र हार्डवेयर व्यवसायमा ठगी गरेको अनुसन्धानबाट खुल्न आएको छ । साथै जिन्दलविरुद्ध जिल्ला प्रहरी कार्यालय बारामा बैंकिङ कसुर मुद्दा दर्ता भई उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जबाट र इलाका प्रहरी कार्यालय दमक झापामा ठगी मुद्दा दर्ता भई झापा जिल्ला अदालतबाट पक्राउ पुर्जी समेत जारी भएको थियो । पक्राउ जिन्दललाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बारा पठाइएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया