Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधपहिरोले पुल भत्काउँदा किसान मर्कामा

पहिरोले पुल भत्काउँदा किसान मर्कामा


दोलखा ।
दोलखाको बैतेश्वर गाउँपालिका वडा नम्बर ३ मीर्गे पाइलेमा रहेको सानोखोला पुल शुक्रबार रातिको वर्षा र पहिरोले भत्काएको छ । गाउँपालिका केन्द्र र किसानको खेत जोड्ने मुख्य पुल पहिरोले भत्काउँदा आवतजावतमा समस्या भएको स्थानीयवासीको भनाइ छ ।

धान रोपाइँको चटारो चलिरहेको बेला पहिरोले पुल भत्काइदिएपछि रोपाइँ गर्न जानै समस्या भएको स्थानीय ढालबहादुर बस्नेतले जानकारी दिए । उक्त पुल करिब १४ वर्षअघि निर्माण गरिएको थियो । पुल बगाएको र खोलामा भल बाढी निरन्तर आइरहेकाले रोपाइँ गर्न खेतमा जान समस्या भएको कारण रोपाइँ नै रोकिएको किसानले बताएका छन् । पुल भत्किएपछि गाउँपालिकाको केन्द्र ओहोरदोहोर गर्नसमेत समस्या भएको छ ।

खोला छेउमा कृषि फार्म खोलेर बसेका पुष्कर बस्नेतको व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था आएको बताए । खोलावारि गाउँ र खोलापारि कृषि फार्म रहेको हुँदा मीर्गे चोकसम्म दूध बिक्री गर्न समस्या भएकोले वडा र गाउँपालिकाले तत्काल खोलामा अस्थायी पुल बनाएर किसानलाई ओहोरदोहोर गर्न सक्ने वातावरण बनाइदिनसमेत उनीहरुले स्थानीय सरकारलाई अनुरोध गरेका छन् । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया