वाइवाइ ग्लोकल टिन हिरो नेपालको आठौँ संस्करणका लागि आवेदन खुल्ला
काठमाडौं । वाइवाइ ग्लोकल टिन हिरो नेपालको आठौँ संस्करणका लागि आवेदन खुल्ला गरिएको छ । वाइवाइ ग्लोकल टिन हिरो, किशोरकिशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरुमाझ चिनाउने कार्य गर्ने ग्लोकल प्रालिको एक कार्यक्रम हो । यस उपाधिको माध्यमबाट किशोरकिशोरीहरुमा उद्यमशील सोच विकास एवं रचनात्मक सुरुवातको लागि थप ऊर्जा प्रदान गरिनेछ ।
हालसम्म नेपालका सात किशोरकिशोरीहरुलाई ग्लोकल टिन हिरो नेपालका रुपमा सम्मानित गरिएको छ भने ग्लोकल टिन हिरो इन्डियाबाट तीन र श्रीलंकाबाट दुई जना सम्मानित भएका छन । साथै २० अण्डर २० छनोट गरेर हालसम्म १४० जनालाई सम्मानित गरिएको छ । ग्लोकलले ग्लोकल टिन हिरोलाई दक्षिण एसियली राष्ट्रबीच प्रचार गर्ने लक्ष्य लिएको छ । आगामी सेप्टेम्बर १, २०२२ मा शिक्षा, उद्यमशीलता, कूटनीति, एवं अन्य विविध क्षेत्रका व्यक्तित्वहरुको उपस्थितिमा वाइवाइ ग्लोकल टिन हिरोे नेपाल आयोजना गरिने भएको छ ।
यस वर्ष आवेदन खोल्ने पहिलो चरणदेखि ग्लोकल टिन हिरो नेपालको घोषणालगायतका सम्पूर्ण कार्य भौतिक रुपमा सञ्चालन हुने बताइएको छ । पहिलो चरणमा कुल आवेदनहरुलाई अन्तर्वार्ता र दस्तावेज समीक्षाको आधारमा ग्लोकल २०अन्डर२० को घोषणा गरिनेछ । त्यसपछि उनीहरुको कामको सुरुवात र प्रभावको आधारमा उत्कृष्ट ६ को छनोट हुने र अन्तिम चरणमा छ जनाको व्यक्तित्व मापदण्ड, डोमेन ज्ञान र दूरदर्शनको मापनको लागि अन्तर्वार्ता हुनेछ । त्यसपछि वाइवाइ ग्लोकल टिन हिरो नेपाल २०२२ को विजेता घोषणा गरिनेछ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- १७ दशमलव ६८ बिन्दुले ओर्लियो सेयर बजार
- इन्धनको उच्च मूल्यवृद्धिपछि बंगलादेशमा देशव्यापी विरोध प्रदर्शन
- अवतरणको ४५ मिनेटसम्म पनि स्पाइसजेटको बस नआएपछि..
- क्युबाको तेल भण्डारणमा चट्याङ पर्दा ८० जना घाइते, १७ अग्निनियन्त्रक बेपत्ता
- अफगानिस्तानको जाज्जान प्रान्तमा हैजा प्रकोपबाट कम्तीमा १२ जनाको मृत्यु
- तरलता अभावका बीचमा पनि सिद्धार्थ बैंकको सन्तोषजनक प्रगति
- ‘सिटिजन्स चिरायु’ मुद्दती योजना तथा रेमिट्यान्स चिरायु मुद्दती योजना सञ्चालनमा
- महालक्ष्मी विकास बैंकको नाफामा उछाल
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- नागरिक समाज, विकास र जवाफदेहिता
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया