सोलुका १२ हजार बढी बालबालिका फाइजर खोपको पहुँचमा
सोलुखुम्बु । सोलुखुम्बुका १२ हजार जना बढी बालबालिकालाई कोरोनाविरुद्धको फाइजर खोप लगाइएको छ । जिल्लाको आठ स्थानीय तहका १२ हजार एक सय ३२ जना बालबालिकालाई कोरोना भाइरसविरुद्धको पहिलो मात्राको फाइजर खोप लगाइएको स्वास्थ्य कार्यालय सोलुखुम्बुले जनाएको छ ।
खोप प्राप्त गर्ने बालबालिकाहरुमा सोलुदुधकुण्ड नगरपालिकाका तीन हजार एक सय ९४ जना, थुलुङ दूधकोशी गाउँपालिकाका दुई हजार एक सय ९४ जना, नेचासल्यानका एक हजार एक सय २० जना र सोताङका एक हजार एक सय ९२ जना छन् । यस्तै महाकुलुङका एक हजार चार सय २० जना, माप्यदूधकोशीका एक हजार चार सय ७५ जना, खुम्बु पासाङ ल्हामुका एक हजार ४० जना र लिखुपिकेका चार सय ९७ जना बालबालिका रहेको सम्बन्धित पालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
कोरोना संक्रमणदरलाई मध्येनजर गर्दै जिल्लामा भदौ ५ गतेदेखि १३ गतेसम्म विभिन्न स्वास्थ्य संस्था तथा विद्यालयहरुमा फाइजर खोप लगाइएको स्वास्थ्य कार्यालय सोलुखुम्बुका प्रमुख नारद सुवेदीले बताए । अब दोस्रो मात्राको खोप असोजबाट सुरु गरेर दशैँअगावै सक्ने लक्ष्य लिएको प्रमुख सुवेदीको भनाई छ । जिल्लामा पाँच देखि ११ वर्षसम्मका करिब १४ हजार जना बालबालिका रहेको स्वास्थ्य कार्यालयको तथ्यांक छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- सेयर बजारमा उछाल
- सिभिल लघुवित्तको नाफा एक करोड ३३ लाख
- एनआईसी एसिया लघुवित्तको नाफा १४ करोड ९२ लाख
- निर्धन उत्थान लघुवित्तको वार्षिक साधारणसभा
- महालक्ष्मी विकास बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम
- आईएमई–पेको ‘मन्थ अफ लभ’ अफर
- टर्की र सिरियामा भूकम्पको विध्वंस, २३ सयभन्दा बढी मानिसको मृत्यु, हजारौँ घाइते
- बौद्धिक विकासका लागि सार्वजनिक पुस्तकालय
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया