सोलुखुम्बु । माथिल्लो सगरमाथाका जिल्लाहरू सोलुखुम्बु, ओखलढुंगा र खोटाङमा पछिल्लो समय ढिकी र जाँतो लोप हुँदै गएका छन् । गाउँघरमा आधुनिक मिल जडान हुन थालेपछि यी संरचना नै हरायन थालेका हुन् ।
आधुनिक मिलको प्रयोग गर्दा छिटोछरितो गरी काम हुने भएकाले अन्नहरू मिलमै पिस्ने गरेकोे खोटाङ दिप्रुङ चुइचुम्मा गाउँपालिका १ याम्खाकी सर्मिला राईको भनाइ छ । उनले भनिन् ‘हामीले ढिकीजाँतो प्रयोग नगरेको धेरै भयो, अहिले त मिल नै सजिलो छ, त्यही भएर अब ढिकीजाँतोमा अन्न कुट्ने पिस्ने बेला गयो ।’ पुर्खाहरूले विद्युत् नहुँदा बिहान र बेलुका ढिकीजाँतोमा अन्न पिस्ने वा कुट्ने गर्दथ्ये । त्यति बेला गुञ्जायमान हुने गाउँघर अहिले सुनसान हुन थालेका छन् ।
अहिले आधुनिक मिल आएर सहज भए पनि जाँतोमा पिसेको अन्न नै स्वादिलो र लाभदायिक हुनेगरेको सोलुखुम्बुको थुलुङदुधकोशी गाउँपालिका नेलेका डिगमाया बस्नेत बताउँछिन् । ‘सहजताको हिसाबले मिल सजिलो होला, काम गर्न ज्यानलाई सुविस्ता होला तर स्वाद र स्वास्थ्यको हिसाबले त कता हो कता ढिकीजाँतोमै कुटेको र पिसेको अन्न राम्रो नि, अब के गर्नु अहिलेको मान्छेहरूले त्यो गर्दैनन्’, बस्नेतले भनिन् । अहिले शुल्क तिरेरै भएपनि महिनाभरिलाई पुग्ने अन्न मिलमा लाने गरेका छन् ।
पुर्खाहरूले धान, गहुँ, मकै, कोदोलगायतका अन्न ढिकीजाँतोमा पिस्ने गरेको पाइन्थ्यो, तर अहिले गाउँघरमा समेत ढिकीजाँतो कमै मात्रामा देखिने गरेको ओखलढुंगा मानेभञ्ज्याङका हित बहादुर राईको बताउँछन् । परम्परागतरूपमा प्रयोग हुने मौलिक ढिकीजाँतो लोप हुने अवस्थामा पुगेको छ । स्वास्थ्यको हिसाबले ढिकीमा कुटेको पीठो तथा जाँतोमा पिसेको अन्न लाभदायिक हुने भए पनि आधुनिक प्रविधिको विकाससँगै ती पुराना सामग्रीहरू इतिहास बन्न थालेका छन् ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- सिटिजन्स बैंकको प्रमुख कार्यकारीमा पोखरेलको निरन्तरता
- ‘घर बीमालाई अनिवार्य गरौँ’
- बिम्स्टेक राष्ट्रमा साझा सडक सञ्जाल बनाउन चेम्बरको प्रस्ताव
- ‘उच्च ब्याजदरले समग्र मागमा उच्च संकुचन, उद्योगी व्यवसायीको मनोबल घट्यो’
- अस्ट्रेलियाले नयाँ नोटमा बेलायती राजपरिवारको तस्बिर नछाप्ने
- चीन घेर्दै अमेरिका
- बैंकिङ कसुर मुद्दाका चार जना फरार प्रतिवादीहरू विभिन्न स्थानबाट पक्राउ
- ७० प्रतिशतसम्मको छुटसहित बिजबजारको माघ महिनाको ‘२० मा बीज’
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया