Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठपालिका समाचारगाउँ पालिकामतदानबाट तोकियो तामाकोशी गाउँपालिकाको स्थायी केन्द्र

मतदानबाट तोकियो तामाकोशी गाउँपालिकाको स्थायी केन्द्र


दोलखा । जिल्लाको तामाकोशी गाउँपालिकाले मतदानमार्फत स्थायी केन्द्र तोकेको छ । पालिकाको ११औँ गाउँसभाले मतदानबाट वडा नम्बर–३ स्थित जफेको मानेडाँडा स्थायी केन्द्रको रूपमा तोकिएको हो ।

पालिकाको केन्द्र तोक्ने प्रस्तावमा मंगलबार मतदान भएको थियो । उक्त केन्द्रको पक्षमा खसेको ३८ मतमध्ये २९ मत प्राप्त भएको निर्वाचनमण्डका सदस्य रामकुमार कार्कीले जानकारी दिए । कार्कीका अनुसार विपक्षमा पाँच मत खसेको थियो भने दुई मत तटस्थ र दुई मत बदर भएको थियो । केन्द्रको टुङ्गो लगाउन दुईतिहाइ मतका लागि २६ मतको आवश्यक थियो तर मानेडाँडाको लागि २९ मत खसेको हो । लामो समयदेखि केन्द्र तोक्ने विषयमा विवाद झेल्दै आएको पालिकाले सात वर्षपछि दुईतिहाइ मतले तोकेको छ । मंगलबार नै अन्य दुई स्थानमा केन्द्र तोक्नेसम्बन्धी प्रस्तावमा पनि मतदान भएको थियो ।


क्याटेगोरी : पालिका समाचार, गाउँ पालिका
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया