महाधिवेशनमा दस्तावेज लेखनका लागि सुझाव पठाउन निर्देशन
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सम्पर्क विशेष प्रदेश कमिटीले पार्टीको १०औँ महाधिवेशनमा दस्तावेज लेखनका लागि मातहतका सातवटा प्रदेश सम्पर्क कमिटी, ७४ जिल्ला सम्पर्क मञ्चलाई सुझाव पठाउन निर्देशन दिएको छ ।
कमिटीले आगामी जेठ ३ देखि ७ गतेसम्म हुने महाधिवेशनमा मातहतका सबै निकायबाट सुझाव सङ्कलन गर्ने उद्देश्यले एक साताभित्र सुझाव पठाउन निर्देशन दिएको हो । राससका अनुसार कमिटी अध्यक्ष वीरवलकाजी राईको अध्यक्षतामा पाँच सदस्यीय दस्तावेज सुझाव समिति पनि गठन गरिएको छ । कमिटीले आफ्नो मातहतका सबै सम्पर्क कमिटी र जिल्ला सम्पर्क मञ्चलाई पुनर्गठन गरी कमिटी व्यवस्थित गर्ने जनाएको छ ।
पार्टीको अन्तरपार्टी निर्देशनानुसार महाधिवेशन केन्द्रित दुईमहिने पार्टी सङ्गठन निर्माण अभियान सफल बनाउन सम्पर्क विशेष प्रदेश कमिटीलाई पत्राचार गरिएको कमिटी अध्यक्ष राईले जानकारी दिए ।
पार्टी सदस्यता व्यवस्थित र विस्तार, सङ्गठन निर्माण, भेला प्रशिक्षण, प्रकाशनसहित सम्पर्क मञ्चका सदस्य विस्तार, सदस्यता वितरण गर्न सदस्यता शुल्कलाई व्यवस्थित गर्ने र कार्यालय व्यवस्थापनका लागि सम्पर्क मञ्च र प्रदेश सम्पर्क कमिटीलाई आवश्यकतानुसार दायित्व तोकी सम्पर्क कार्यालयलाई व्यवस्थित बनाउने काममा सो कमिटी लाग्नेछ । सबै प्रदेश सम्पर्क कमिटीले आ–आफ्नो कमिटीमा बैठक गरी त्यसको निर्णय केन्द्रमा पठाउन सर्कुलर पनि जारी गरिएको छ ।
क्याटेगोरी : राजनिति
ताजा अपडेट
- रामगीता वाङ्मय मन्दिर अमेरिका–नेपालद्धारा तीन स्रष्टालाई एकसाथ पुरस्कृत
- ज्ञानेश्वरको ६ रोपनी सरकारी जग्गा बानिता अग्रवालले कसरी गरिन् कब्जा ?
- आज विश्व प्रेस स्वतन्त्रता दिवस
- देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया