Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठराजनितिबूढानीलकण्ठमा दिउँसो ३ बजे कांग्रेस कार्यसम्पादन समिति बैठक बस्ने

बूढानीलकण्ठमा दिउँसो ३ बजे कांग्रेस कार्यसम्पादन समिति बैठक बस्ने


पाटन (ललितपुर) । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक मंगलबार ३ बजे पार्टीका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास, बूढानीलकण्ठमा बस्ने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

सत्ता गठबन्धन परिवर्तन भएसँगै कांग्रेस सरकारबाट बाहिरिएको छ । सत्ता बहिर्गमनसँगै विकसित पछिल्लो घटनाक्रमबारे छलफलका लागि बैठक बोलाइएको उनले जानकारी गराए । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ ।


क्याटेगोरी : राजनिति

तपाईको प्रतिक्रिया