Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारगड्डाचौकीमा सर्भेको सामानसहित देहरादुनको टोली प्रहरी नियन्त्रणमा

गड्डाचौकीमा सर्भेको सामानसहित देहरादुनको टोली प्रहरी नियन्त्रणमा


कञ्चनपुर । नेपाली सीमामा हाइवेको सर्भे गर्न आएको भारतीय टोलीलाई कञ्चनपुर प्रहरीले नियन्त्रणमा लिएको छ । नेपाली सीमा नाका गड्डाचौकीमा सर्भेको सामानसहित आएको देहरादुनको टोलीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी कमल थापाका अनुसार सर्वेक्षण विभाग देहरादुनमार्फत आएको निजी कम्पनीको टोलीले गड्डाचौकीको भुजेल पुलदेखि सुकासालसम्मको भूभागमा सर्भे गर्दै गर्दा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिइएको थियो ।

उनीहरु यूपी ८०जीजे३९४५ नम्बरको भारतीय गाडीमा सर्भेका विभिन्न सामाग्रीसहित आएका थिए । नेपाललाई कुनै जानकारी नदिई हाइवेको सर्भे गरिरहेको पाएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीको भनाई छ ।


क्याटेगोरी : प्रदेश समाचार, सुदूरपश्चिम प्रदेश

तपाईको प्रतिक्रिया