Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठशेयर बजारथामिएन सेयर बजारको निरन्तरको पहिरो

थामिएन सेयर बजारको निरन्तरको पहिरो

१० अंकले ओरालो लाग्दा एक अर्ब ५४ करोडको सेयर खरिद बिक्री


काठमाडौं । साताको सुरुवाती कारोबार दिनदेखि नैं सेयर बजारमा गएको पहिरोले साताको तेस्रो कारोबार दिन आज बुधबार पनि निरन्तरता पाएको छ । अघिल्लो दिन तीन दशमलव ४२ अंकले ओरालो लागेको सेयर बजार परिसुचक (नेप्से) आज मंगलबार पुन १० दशमलव १० अंकले ओरालो लागेर एक हजार आठ सय ३७ दशमलव ७१ बिन्दुमा झरेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव १४ अंकले ओरालो लागेर तीन सय ५१ दशमलव शुन्य सात बिन्दुमा झरेको छ ।

धितोपत्र बजारमा आज दुई सय ९२ वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन् । जसबाट ३८ हजार पाँच सय ८४ पटकको कारोबारमा ४६ लाख ९८ हजार छ सय ८२ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम एक अर्ब ५४ करोड ४९ लाख ३५ हजार चार सय ३८ रुपैंयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज १३ वटा उपसमुहहरुको सेयर कारोबार भएका छन् । जसमध्ये जीवन बीमा उपसमुहको सुचक उकालो लागेको छ भने बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, निर्जीवन बीमा सहितका १२ वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।


क्याटेगोरी : शेयर बजार

तपाईको प्रतिक्रिया