भारतको केरलामा मास्क नलाउनेलाई ५ हजार रुपैयाँ जरिवाना
नयाँ दिल्ली, वैशाख १८
भारतको केरला राज्यमा अवस्थित वयानाद प्रहरीले मास्क नलगाई सार्वजनिकस्थलमा हिँड्ने कुनै पनि व्यक्तिलाई ५ हजार रुपैयाँ जरिवाना गरिने जनाएको छ । एएनआईका अनुसार केरलाको वयानाद प्रहरी प्रमुखले बुधबार सो जानकारी दिएका हुन् । केरला प्रहरी ऐनमा भएको व्यवस्थाअनुसार मास्क नलगाउने सबै नागरिकलाई यो कानुनबमोजिम जरिवाना गराइने जानकारी दिए ।
त्यसैगरी यस कानुनबाट सर्वसाधारण नागरिक मात्र नभएर त्यहाँका पसले तथा सबै नागरिकलाई जरीवाना दिने बताइएको छ । पसलमा आउने सबै ग्राहकलाई पनि स्यानिटाइजर उपलब्ध गराउनुपर्ने तथा दुरी कायम गरेर पसल सञ्चालन गर्नुपर्ने नियम पनि बनाइएको केरला प्रहरीले जनाएको छ । केही दिनयतादेखि भारतमा पनि कोरोना भाइरसका विरामीहरुको संख्या बढ्दै गएपछि यहाँका विभिन्न राज्यले रोकथामका उपायहरु कडा पारेका छन् । यसैअनुरुप केरला प्रहरीले पनि यस्तो प्रावधान ल्याएको बताइएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- अर्थतन्त्रका सही नीति यथावत् रहनुपर्छ : अध्यक्ष ओली
- गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ
- करको दायरा परिवर्तन पारदर्शी हुनेछ: अर्थमन्त्री पुन
- जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
- बाग्मती प्रदेशसभाका विषयगत समितिहरु सभापतिविहीन
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया