प्राइम बैंकद्वारा ५० थान पीपीई हस्तान्तरण
काठमाडौं, वैशाख १९
प्राइम कमर्सियल बैंकले आफ्नो ५० थान व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) हस्तान्तरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कर्णाली प्रदेशका विभिन्न अस्पताल तथा स्वास्थ्य केन्दहरू्रमा कार्यरत स्वास्थ्यकर्मीहरूको लागि ५० थान पीपीई हस्तान्तरण गरेको हो ।
बैंकका अनुसार उक्त सामग्री संघीय संसद्का सभासद जनार्दन शर्मालाई यही वैशाख १७ गते बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले हस्तान्तरण गरेको बैंकले जानकारी दिएको छ । बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा दुुई अर्ब तीन करोड छ लाख ७५ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले आर्जन गरेको यो मुनाफा गत आवको सोही अवधिको तुुलनामा ३१ दशमलव १९ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा एक अर्ब ५४ करोड ७९ लाख पाँच हजार रूपैयाँ रहेको थियो ।
बैंकले सार्वजनिक गरेको चालू आवको तेस्रो त्रैमासिक अवधिको अपरिस्कृत वित्तीय विवरणअनुसार यस अवधिको बैंकको वितरणयोग्य नाफा भने ६४ करोड १२ लाख १४ हजार रूपैयाँ रहेको छ । गत आवको सोही अवधिमा भने बैंकको यस्तो नाफा एक अर्ब ७९ लाख ८८ हजार रूपैयाँ रहेको थियो । पछिल्लो पटक राष्ट्रियस्तरको कैलाश विकास बैंकलाई प्राप्ती गरेपश्चात चुक्ता पुँजी १३ अर्ब ९८ करोड ५२ लाख ५० हजार रूपैयाँ पु-याएको बैंकले चालू आवको तेस्रो त्रैमासिक अवधिमा एक खर्ब १४ अर्ब ७३ करोड ३१ लाख ८५ हजार रूपैयाँ निक्षेप संकलन गरी एक खर्ब ११ अर्ब १० करोड ४६ लाख पाँच हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा तीन अर्ब ३४ करोड आठ लाख ५८ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैकमा शून्य दशमलव ९७ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । यस अवधिमा प्रतिसेयर आम्दानी १९ रूपैयाँ ३६ पैसा रहेको बैंकको प्रतिसेयर नेटवर्थ भने एक सय ४४ रूपैयाँ ६२ पैसा रहेको छ । गत आवको सोही अवधिमा भने बैंकले ७७ अर्ब चार करोड ७४ लाख रूपैयाँ निक्षेप संकलन गरी ७२ अर्ब ५४ करोड ५४ लाख दुुई हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा दुई अर्ब ६० करोड १५ लाख ३० हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव ५८ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- जसपा नेपालले कानुनी उपचार खोज्ने
- जुम्लामा भीरबाट लडेर ७० भेडा मरे
- सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी
- बैंकभन्दा ठूलो कारोबार गर्दा सहकारीमा समस्या आयो : मन्त्री अधिकारी
- चिनीको मूल्यमा स्थिरता कायम गर्न मन्त्री भण्डारीसमक्ष रास्वपाको माग
- प्रा. पोखरेल त्रिवि पत्रकारिता विभागको प्रमुखमा
- दुई दशमलव शुन्य छ अंकले उक्लियो सेयर बजार
- जतिसक्दो चाँडो सञ्चारसम्बन्धी ऐन ल्याउने तयारीमा सरकार: सञ्चारमन्त्री
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया