युरोपेली अर्थतन्त्रमा ३.८ प्रतिशतको संकुचन
लन्डन, वैशाख १९
युरोपेली अर्थतन्त्रमा पनि विश्व महामारी कोरोनाभाइरसको असर देखिनथालेको छ । चालू वर्षको पहिलो त्रैमासिकमा यस क्षेत्रको अर्थतन्त्र ३.८ प्रतिशतले खुम्चिएको बीबीसीले जनाएको छ । यो वित्तीय संकटयताकै खराब भएको बताइएको छ । देशगत रुपमा फ्रान्स र स्पेनको अर्थतन्त्र पनि उक्त अवधिमा खराब स्थितिमा पुगेको छ । जर्मनीमा बेरोजगारी ह्वात्तै बढे पनि तुलनात्मक रुपमा अरु देशभन्दा केही राम्रो रहेको छ । फ्रान्समा कुल गार्हस्थ्य उत्पादन ५.८ प्रतिशतले घटेको छ ।
त्यस्तै स्पेनको ५.१ प्रतिशतले घटेको र इटालीको अर्थतन्त्र ४.७ प्रतिशतले ओरालो लागेको छ । हालसम्म सबै युरोपेली देशहरुले तथ्यांक सार्वजनिक गरिसकेका छैनन् । यस क्षेत्रकै ठूलो अर्थतन्त्र जर्मनीको श्रमबजार महामारीको असर देखिनथालिसकेको छ । अप्रिलमा मात्रै जर्मनमा ३ लाख ७३ हजारले बेरोजगारी भएको बताएका थिए ।
युरोपेली केन्द्रीय बैंककी प्रमुख क्रिस्टिन लेगार्डेले दोस्रो त्रैमासिकमा यस क्षेत्रको अर्थतन्त्र अझै बिग्रिने बताएकी छिन् । उनले यस क्षेत्रको चालू वर्षको आर्थिक वृद्धिदर ५ देखि १२ प्रतिशतको बीचमा रहने भन्दै सम्बन्धित देशलाई नीतिगत सुधारका लागि आग्रह गरेकी छिन् । ईसीबीले पनि आकस्मिक राहतका कदम चाल्न तत्पर रहेको उनको भनाइ छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- फाइनल प्रवेशका लागि रियल र बार्यन भिड्दै
- बुढ्यौलीमा चोटसँग जुधेर खेलिरहेका धोनी
- प्रमुख प्रतिपक्षीले उठाएका विषयवस्तुप्रति सरकारले बेवास्ता गरिरहेको छ – प्रमुख सचेतक लेखक
- सहकारीमा दोस्रो तहको नियामक अतिआवश्यक :पूर्वअर्थमन्त्री खतिवडा
- मेची भन्सारद्वारा ११ अर्ब ३२ करोडभन्दा बढी राजश्व संकलन
- यी हुन आज शेयर बजारबाट सबैभन्दा धेरै कमाउने दश कम्पनी
- औद्योगिक विकासतर्फ अग्रसर हुन घरेलु उद्यमशीलतालाई बढावा दिन जरुरी छ: राष्ट्रपति पौडेल
- सिन्धुली चियाबारी–खुर्कोट सुरुङ मार्ग निर्माण थालनी गर्न प्रधानमन्त्रीसँग माग
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया