आरम्भ लघुुवित्तको नौ महिनाको नाफा एक करोड चार लाख
काठमाडौं, वैशाख २४
आरम्भ लघुुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधि अर्थात पछिल्लो नौ महिनामा एक करोड चार लाख रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । संस्थाले आर्जन गरेको यो मुनाफा गत आवको सोही अवधिको तुुलनामा झण्डै ८५ दशमलवले बढी हो । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो मुनाफा ५५ लाख ९७ हजार रूपैयाँ रहेको थियो ।
चुक्ता पुँजी आज छ करोड ४४ लाख २८ हजार रूपैयाँ रहेको संस्थाले चालू आवको तेस्रो त्रैमासिक अवधिमा १९ करोड ४३ लाख २० हजार रूपैयाँ निक्षेप संकलन गरी ६५ करोड ७७ लाख ६४ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ । यस अवधिमा तीन करोड १० लाख ४९ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा निष्क्रिय कर्जाको अनुपात एक दशमलव १५ दशमलव रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले १४ करोड ५८ लाख ६४ हजार रूपैयाँ निक्षेप संकलन गरी ४५ करोड ७३ लाख १३ हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा दुुई करोड ३६ लाख ७८ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा प्रोभिजन रकम ५५ लाख ९७ हजार रूपैयाँ रहेको थियो भने निष्क्रिय कर्जा दुई दशमलव ५९ दशमलव रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- वसन्तपुर क्षेत्रको अवलोकन गर्दै जापानी विदेशमन्त्री खामिखावा
- कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी क्षेत्रमा हल्का वर्षा हुने
- जापानका परराष्ट्रमन्त्री आज नेपालमा
- खडेरीले पानीको स्रोत कम हुँदै जान थालेपछि वैकल्पिक स्रोतको खोजी
- महिला चेम्बरद्वारा संस्थापक अध्यक्ष शाक्यलाई सम्मान
- ‘ग्रिल तथा स्टिलजन्य व्यवसायको प्रवद्र्धन गर्न सरकार प्रतिबद्ध’
- कर्णाली प्रदेशकै पहिलो चार तारे होटल
- एलिट क्यापिटल र रिलायन्स फाइनान्सबीच सम्झौता
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया