कामना सेवाको कोरोना सुरक्षा बचत खाता
काठमाडौं, वैशाख २४
कामना सेवा विकास बैंकले सुरक्षा बचत खाता सञ्चालनमा ल्याएको छ । बैंकले विश्वव्यापी महामारीकारूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)कोे कारणले आमजनमानसमा ठूलो प्रभाव पारेको वर्तमान अवस्थालाई मध्यनजर गर्दै यसप्रति जिम्मेवार बन्दै आमजनतालाई कोरोना उपचार खर्चमा सहयोग गर्न सकियोस् भन्ने पवित्र उद्देश्यकासाथ बीमा सुविधासहितको कोरोना सुरक्षा बचत खाता सञ्चालनमा ल्याएको जनाएको छ ।
बैंकका अनुसार नेको इन्स्योरेन्स लिमिटेडसँगको सहकार्यमा खोलिने यो खाताको न्यूनतम मौज्दात रकम पाँच हजार रूपैयाँ रहनेछ । यो खाता खोलेका ग्राहकलाई कोरोना संक्रमण भएको कुरा पीसीआर टेष्टद्वारा पुष्टि भएमा ५० हजार रूपैयाँको बीमा रुकम प्रदान गरिनेछ । कामना सेवाको वेबसाइटमा गई अनलाइनबाट पनि यो खाता सजिलै खोल्न सकिनेछ ।
काठमाडौँं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरूमा एक सय २३ वटा शाखा तथा ६४ वटा एटीएममार्फत ग्राहकहरूलाई आफ्नो सेवा तथा सुविधाहरू प्रदान गर्दै आएको छ । साथै बैंकले एबीबीएस, एसएमएस बैंकिङ, मोबाइल बैंकिङ, सी–आस्वा, अनलाइन एकाउन्ट ओपनिङलगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ सेवा सुविधाहरू उपलब्ध गराउँदै आएको तथा समय सापेक्षआप्mना सेवाहरू थप गर्दै जाने बैंकको योजना रहेको छ । बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा १४ करोड ८५ लाख १९ हजार ५४ रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकले १३ करोड ८१ लाख ६३ हजार पाँच सय २४ रूपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।
चुक्ता पुँजी दुुई अर्ब ५४ करोड एक लाख ९५ हजार रूपैयाँ रहेको बैंकले चालू आवको दोस्रो त्रैमसिक अवधिमा २७ अर्ब ४३ करोड ७२ लाख ४० हजार एक सय ९५ रूपैयाँ निक्षेप संंकलन गरी २३ अर्ब ४८ करोड १२ लाख ८७ हजार एक सय २६ रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ५७ करोड ४१ लाख २९ हजार आठ सय ९१ रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव ३७ दशमलव कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा भने बैकले २१ अर्ब ३७ करोड ६१ लाख ३२ हजार रूपैयाँ निक्षेप संकलन गरी १८ अर्ब ९० करोड ६६ लाख एक हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ३७ करोड ९८ लाख ६४ हजार पाँच सय ३७ रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दसमालव ६७ दशमलव कर्जा निष्क्रिय रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- अर्थतन्त्रका सही नीति यथावत् रहनुपर्छ : अध्यक्ष ओली
- गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ
- करको दायरा परिवर्तन पारदर्शी हुनेछ: अर्थमन्त्री पुन
- जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
- बाग्मती प्रदेशसभाका विषयगत समितिहरु सभापतिविहीन
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया