‘आंशिक उद्योग सञ्चालनले अर्थतन्त्र चलायमान हुन्छ’
काठमाडौं, वैशाख २८
लकडाउनको समयमा पनि प्रक्रिया पु-याएर आंशिक उद्योग, व्यवसाय सञ्चालन गर्न दिने सरकारको निर्णयको स्वागत गर्दै नेपाल उद्योग परिसंघले यसबाट सामान्य रुपमा भए पनि औद्योगिक गतिविधि बढ्न गई अर्थतन्त्र चलायमान बनाउन सहयोग पुग्ने बताएको छ । परिसंघले सञ्चालनमा आउने उद्योग व्यवसायहरुलाई आवश्यक स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको अनुशरण गर्न पनि आग्रह गरेको छ । यसैगरी आंशिक खुला गरिएका व्यवसाय सञ्चालनका लागि आवश्यक सवारी आवतजावत तथा हिँड्डुलका लागि अनुमति पत्र अर्थात् पास वितरणलाई थप व्यवस्थित बनाउन पनि परिसंघले सम्बन्धित निकायलाई आग्रह गरेको छ ।
संक्रमणको जोखिमको आधारमा सम्पूर्ण देश, प्रदेश र स्थानीय तहलाई तीन अलग/अलग क्षेत्र अर्थात् जोनमा बाँडेर थप कडाइ र खुला गर्दै लैजाने काम अघि बढाउन पनि परिसंघले सरकारसँग आग्रह गरेको छ । रेड, अरेन्ज र ग्रिन जोनमा बाँडेर जोखिमको स्तर निर्धारण गरी संक्रमण नियन्त्रणमा थप काम गर्न सकिने र कम जोखिमका क्षेत्रमा थप खुला गर्दै लैजाँदा स्वास्थ्य र आर्थिक संकटबाट हुने क्षति कम गर्न सकिने भएकाले यसतर्फ कदम चाल्न परिसंघले सरकारलाई सुझाव दिएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- कर्णाली प्रदेशकै पहिलो चार तारे होटल
- एलिट क्यापिटल र रिलायन्स फाइनान्सबीच सम्झौता
- क्रेस्ट माइक्रोलाइफ र एनआईएमबी एस क्यापिटलबीच सम्झौता
- सिटिजन्स बैंकद्वारा फातिमा फाउन्डेसन नेपाललाई सिलाइ मेसिन प्रदान
- ज्योति विकास बैंकद्वारा अग्निपीडित परिवारलाई राहत सामग्री प्रदान
- ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता
- आइएमई लाइफको खुद मुनाफा ३३ करोड नाघ्यो
- बागमती सिँचाइ आयोजना ब्यारेजको तीन दशकपछि जीर्णाेद्धार
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया