दोलखा, वैशाख २९
गौरीशंकर गाउँपालिका वडा नम्बर २ जुँगुको वडा कार्यालय भवन नयाँ ठाउँ सार्न खोजेको भन्दै स्थानीयले वडाकार्यालयमा तालाबन्दी गरेका छन् । जनप्रतिनिधिले गैरकानुनीरूपमा भवन सार्न खोजेपछि स्थानीयले बैठकपुस्तिका नियन्त्रणमा लिएर कार्यालयमा तालाबन्दी गरेका हुन् । करिब ४० वर्षदेखि निरन्तर सेवा प्रवाह गरिरहेको कार्यालय एकाएक पाएक नपरेको भन्दै जनप्रतिनिधिले नै गैरकानुनीरूपमा वडाकार्यालय सार्न खोजेपछि बडा कार्यालयको बैठकपुस्तिका नियन्त्रणमा लिएर कार्यालयमा तालाबन्दी गरेको एक प्रेस विज्ञप्ति जारी गरी स्थानीयले जनाएका छन् ।
शुक्रबार कार्यालय सार्नको लागि बसेको बैठकमा होहल्लासमेत भएको एक स्थानीयले जानकारी दिए । हाल रहेको कार्यालय परिसरमै करिब ७ रोपनी जग्गा वडा कार्यालयकै नाममा हुँदाहुँदै करिब तीन सय मिटरको दूरीमा कार्यालय सार्न खोज्नु जनप्रतिनिधिको राजनीति मात्र रहेको एक स्थानीयको आरोप छ । वडा कार्यालय निर्माणको लागि शुक्रबार उपभोक्ता समिति गठन गर्नको लागि बैठक बोलाइएकोमा स्थानीयले दिएको सुझाव कार्यान्वयन नभएको कारण तालाबन्दी गर्नुपरेको स्थानीय भीष्मप्रकाश खड्काले जानकारी दिए । स्थानीय करिब ७० जनाले दशकौँदेखि पाएक परेर विनाविवाद कार्यालय सञ्चालन भइरहेको बेला कार्यालय नै सारेर नयाँ भवन बनाउने भन्ने निर्णय लेख्ने क्रममा बैठकपुस्तिका नियन्त्रणमा लिनुपरेको उनको भनाइ छ ।
दोलखाका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले तालाबन्दीको जानकारी प्राप्त भएलगत्तै प्रहरी परिचालन गरिएको जानकारी दिए । स्थानीयसँगको कुराकानीमा गैरकानुनीरूपमा कार्यालय नसार्न गरेको अनुरोधलाई बेवास्ता गरी छलफल र सहमतिविना नै उपभोक्ता समिति गठन गर्न लागिएकोमा विवाद भएको बुझिएको प्रजिअ शर्माले जानकारी दिए । तालाबन्दी र बैठकपुस्तिका नियन्त्रणको विषयमा वडाध्यक्ष बसन्त कार्कीसँग सम्पर्क गर्न खोज्दा मोबाइल अफ गरेर बसेको पाइएको प्रजिअ शर्माले जानकारी दिए ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- जापानका विदेशमन्त्री योको बिदाइ
- अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया