सुनसरी, वैशाख ३०
सुनसरीको इनरुवा ९ बव्यिाका मुसहर तथा विपन्न परिवारलाई अमेरिकामा बस्दै आएका कानुन चौधरीले राहत वितरण गरेका छन् । लामो समयसम्म लकडाउन भएकोले दैनिक ज्याला मजदुरी गरी खानेहरुलाई हातमुख जोड्न समस्या भएका परिवारलाई राहत वितरण गरिएको हो । स्थानीय सरकारले दिएको राहत सकिएकाले केही दिनदेखि भोकै रहेका उनीहरुलाई चौधरीले अमेरिकाबाट पठाएको दुई लाख ५० हजार रुपैयाँबराबरको राहत स्थानीयहरुलाई वितरण गरिएको हो ।
चौधरीले बुवा स्व. बुद्धिलाल चौधरी, आमा स्व.रोजनी थरुनीको नामबाट राहत वितरण गरेका हुन् । इनरुवा नगरपालिकाभित्र रहेका सुकुम्बासी, जनमजदुरी गर्ने र विपन्न घरपरिवारलाई चौधरीका दाजुभाइ भुनेश्र चौधरी, किसोर चौधरी, बहिनी सीता र गिता चौधरीले घरघरमा पुगेर राहत वितरण गरेका हुन् । नगरपालिकालाई राहत हस्तान्तरण गर्दा राहत वितरण ढिलो हुने भएकाले व्यक्तिगत रुपमै घरबाटै राहत वितरण गरेको कानुन चौधरीकी बहिनी सीता चौधरीेले जानकारी दिइन् । इनरुवा ९ का एक सय ५० परिवारलाई २५ किलो चामल, १ प्याकेट नुन र १ लिटर खाने तेलसहितका राहत वितरण गरिएको चौधरीले जनकारी दिइन् ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- रामगीता वाङ्मय मन्दिर अमेरिका–नेपालद्धारा तीन स्रष्टालाई एकसाथ पुरस्कृत
- ज्ञानेश्वरको ६ रोपनी सरकारी जग्गा बानिता अग्रवालले कसरी गरिन् कब्जा ?
- आज विश्व प्रेस स्वतन्त्रता दिवस
- देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया