कोरोना कोषमा प्रधानमन्त्री ओलीले दिए वैशाख महिनाको तलब
काठमाडौं, जेठ ६
प्रधानमन्त्री केपी शर्मा ओलीले ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा वैशाख महिनाको तलब दिएका छन् । प्रधानमन्त्री ओलीले आफूले पाउने वैशाख महिनाको ७७ हजार दुई सय ८० रुपैयाँ तलब उक्त कोषमा उपलब्ध गराएका हुन् । नेपाल सरकारले कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि सहयोग पु-याउन कोषको स्थापना गरेको थियो । उक्त कोषमा व्यक्ति, संघ/संस्था, सरकारी कार्यालयहरुले पनि सहयोग रकम दिँदै आएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार सोमबार साँझसम्म प्रधानमन्त्री ओलीले दिएकोसहित कोषमा दुई अर्ब २६ करोड १० लाख २१ हजार दुई सय ५३ रुपैयाँ २४ पैसा जम्मा भइसकेको छ ।
सोमबार मात्रै कोषमा एक करोड ३८ लाख २७ हजार एक सय २१ रुपैयाँ ६६ पैसा जम्मा भएको छ । सोमबार प्रधानमन्त्री ओलीका साथै स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले एक करोड १६ लाख रुपैयाँ, रौतहटको परोहा नगरपालिकाले दुई लाख २५ हजार आठ सय ७७ रुपैयाँ, कञ्चनपुरको बेलौरी नगरपालिकाले एक लाख ९६ हजार तीन सय ५३ रुपैयाँ दश पैसा, नेवाः देय् दबूले एक लाख ११ हजार एक सय ११ रुपैयाँ, नेपाल एग्रिकल्चरल इन्ट्राप्रिनियर एसोसिएसनले एक लाख र अन्य नाम नखुलेका विभिन्न व्यक्ति तथा संघ÷संस्थाले १५ लाख ९३ हजार सात सय ८० रुपैयाँ ५६ पैसा सहयोग गरेका छन् । एक लाख रुपैयाँभन्दा कम सहयोग गर्नेहरुको रकम एकमुष्ट सार्वजनिक गरिएको हो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया