मकै बालीमा अमेरिकन फौजी कीरा देखिएपछि कृषक चिन्तित
महेन्द्र शाही
सोलुखुम्बु, जेठ ८
सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा मकै बालीमा अमेरिकन फौजी कीराको प्रकोप बढेको छ । नेचासल्यान गाउँपालिकाको बेशीगाउँ, भदौरे, लखने, टारी, पोखरे, पहेले, गहते, खाल्डे, सिम्ले क्षेत्रमा फौजी कीराको प्रकोप देखिएको हो । कीराको प्रकोप देखिन थालेपछि किसान चिन्तित बनेका छन् । कीराले मकैबालीमा क्षति पु-याएकाले भोकमरिको अवस्था आउन सक्ने किसानहरूको भनाइ छ ।
फौजी कीराले खाएको मकैको पात ऐनाजस्तो देखिने, छिद्राछिद्रा परेको, गुबो, डाँठ र फेदसम्म नै सखाप पार्ने गरेको स्थानीय कृषक मोहोन बास्तोलाले बताए । मैकैको बिरुवामा लार्भा र फुल हुने भएकाले नष्ट गरेको मकै घरपालुवा पशुलाई घाँसको रूपमा समेत प्रयोग गर्न सकिने अवस्था नरहेको उनको भनाइ छ । सोलुखुम्बु जिल्लाको नेचासल्यान गाउँपालिकालाई खाद्यान्नको भण्डारणका रूपमा हेरिने गरिएको छ । जिल्लाको सबैभन्दा होचो ठाउँ समेत रहेको यस क्षेत्रमा फौजी कीराको प्रकोप फैलिएकाले किसानको चिन्ता बढेको छ । यसले समग्र जिल्लाको खाद्यान्न उत्पादनमा असर गर्ने देखिन्छ ।
यो प्रकोपलाई सयमयमा नियन्त्रण गर्न नसकेको खण्डमा अर्को वर्षका लागि बीउको समेत अभाव हुने देखिएको अर्का किसान डन्डीकेशर कट्टेलले बताए । यो प्रकोपलाई समयमानै नियन्त्रण गर्नुपर्ने उनको भनाइ छ । कीराको प्रकोपले किसानको मेहनत खेर जाने र भोकमरीको सिर्जना हुने देखिएको स्थानीयको भनाइ छ । यसलाई नियन्त्रण गर्नका लागि तितेपाती, गाईवस्तुको मल मुत्र मिसाएर छर्केमा नियन्त्रण गर्न सकिने कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख लक्ष्मण दासले जानकारी दिए । यसको नियन्त्रणका लागि आफूहरू प्राविधिक टोल िखटाउने तयारीमा रहेको उनले बताए । किसानको क्षतिलाई कम गर्नका लागि आपूmहरू लागि परेको उनको भनाइ छ ।
क्याटेगोरी : सहकारी–कृषि
ताजा अपडेट
- निर्माण क्षेत्र थप धरासायी
- भावी सेनापति सिग्देलको दोहोरो नागरिकता छानबिन गर्न माग गर्दै गृहमा उजुरी
- महासंघद्वारा क्षत्रपाटीमा पत्रकार रिजालमाथि आक्रमणको प्रयास गर्नेविरुद्ध कारबाहीको माग
- ‘हिमाललाई पीडा’ दिइएको भन्दै सर्वोच्च अदालतद्वारा जारी आदेशका तीन खास कुरा
- गभर्नर जनरलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत
- आइसिसी टी–२० विश्वकपका लागि रोहित पौडेलको कप्तानीमा नेपाली टोलीको घोषणा
- देशका पहाडी क्षेत्रमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने
- साढे चार प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्छौं : अर्थमन्त्री पुन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया