सनराइज बैंकद्वारा व्यक्तिगत सुरक्षा उपकरण सहयोग
काठमाडौं, जेठ ९
सनराइज बैंकले चितवन मेडिकल कलेज र महाभारत गाउँपालिकालाई व्यक्तिगत सुरक्षात्मक उपकरण (पीपीई) सहयोग गरेको छ । बैंकका अनुसार प्रमुुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले बिहीबार २० थान व्यक्तिगत सुरक्षात्मक उपकरण पीपीई चितवन मेडिकल कलेजका सम्पर्क अधिकारी विमल ज्ञवालीलाई हस्तान्तरण गरेका हुुन् । स्वास्थ सामग्री हस्तान्तरण कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत पौड्यालले मुलुकमा आइपरेको कठिन परिस्थितिमा सीमित स्रोत साधनका साथ अस्पतालका डाक्टर र नर्सहरूले संक्रमण नियन्त्रणका लागि निभाउनुभएको भूमिका अतुलनीय रहेको बताए । यो सहयोगले अस्पतालका स्वास्थ्यकर्मीहरूको सुरक्षामा सहयोग पुग्ने बैंकको विश्वास लिएको छ ।
बैंकले यसअघि महाभारत गाउँपालिकालाई १० थान व्यक्तिगत सुरक्षात्मक उपकरण पीपीई र एक हजार थान मास्क हस्तान्तरण गरेकोे थियो । उक्त सामग्री बैंकका महाभारत शाखा अधिकृत राजकुमार थापाले गाउँपालिकाका मेयर हरिसिंह विष्टलाई हस्तान्तरण गरेको बैंकले जनाएको छ । बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा एक अर्ब नौ करोड १२ लाख ४५ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले आर्जन गरेको यो मुनाफा गत आवको सोही अवधिको तुुलनामा दुुई दशमलव दुुई प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा भने एक अर्ब छ करोड ९६ लाख दुुई हजार रूपैयाँ खुुद मुनाफा कमाएको थियो ।
बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरणअनुसार यसअवधिमा बैंकको वितरणयोग्य नाफा भने ४१ करोड नौ लाख ६६ हजार रूपैयाँ रहेको छ । गत आवको सोही अवधिमा भने बैंकको वितरणयोग्य नाफा ६६ करोड पाँच लाख १२ हजार रूपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी आठ अर्ब ६२ करोड २१ लाख ९७ हजार रूपैयाँ रहेको बैंकले चालू आवको तेस्रो त्रैमासिक अवधिमा ७७ अर्ब ८३ करोड ६५ लाख १३ हजार रूपैयाँ निक्षेप संकलन गरी ७५ अर्ब एक करोड ४२ लाख ६८ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा दुुई अर्ब २४ करोड ४८ लाख १३ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ९७ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । गत आवको सोही अवधिमा बैंकले ७० अर्ब ५० करोड ९० लाख ८५ हजार रूपैयाँ निक्षेप संकलन गरी ६२ अर्ब ९१ करोड १९ लाख ७० हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा दुुई अर्ब आठ करोड ७२ लाख ४५ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव ५८ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- अर्थतन्त्रका सही नीति यथावत् रहनुपर्छ : अध्यक्ष ओली
- गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ
- करको दायरा परिवर्तन पारदर्शी हुनेछ: अर्थमन्त्री पुन
- जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
- बाग्मती प्रदेशसभाका विषयगत समितिहरु सभापतिविहीन
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया