जापानको टोकियो र हकाइदोमा संकटकाल हटाउने तयारी
टोक्यो, जेठ १२
जापान सरकारले कोरोनाभाइरस (कोभिड–१९) प्रकोप नियन्त्रणका लागि लगाएको स्वास्थ्य संकटकाललाई टोकियो महानगर क्षेत्र तथा हकाइदोमा हटाउने निर्णय गरेको अर्थतन्त्र पुनरुद्धार मन्त्री यसुतोशी निशिमुराले आइतबार बताएका छन् । सिन्ह्वाका अनुसार कोभिड–१९ संक्रमणका घटना घट्दो क्रममा रहेको र उपचारका लागि चिकित्सा प्रणालीमा पनि सुधार आएको भन्दै सरकारले संकटकाल हटाउने निर्णय सरकारले लिएको बताइएको छ ।
जापानका ४७ प्रान्तमध्ये टोकियो कानागावा,चाइवा, साइतामा र हकाइदो क्षेत्रमा स्वास्थ्य संकटका कारण जारी संकटकाल कायम रहेकोमा अब ती क्षेत्रमा पनि संकटकाल हटाउने तयारी भएको हो । आपत्कालीन सेवा व्यवस्थापनको जिम्मेवारी लिएका निशीमुराले भने, ‘सोमबार बिहान स्वास्थ्य विज्ञहरू सम्मिलित सल्लाहाकार समितिले संकटकाल हटाउनेबारे छलफल गरी अन्तिम निर्णय दिनेछ ।’
‘धेरै भागमा संक्रमण दर पूर्ण नियन्त्रणमा आउनसकेको छैन’, उनले पत्रकार सम्मेलनमा भने । जापानी स्वास्थ्य मन्त्रालय तथा स्थानीय अधिकारीका अनुसार आइतबार जापानमा कोभिड–१९ बाट थप संक्रमितको संख्या २६ रहेको छ भने योसँगै यहाँ कुल संक्रमितको संख्या १६ हजार ५ सय ६९ पुगेको छ । जापानमा संक्रमितमध्ये ८ सय ८ को मृत्यु भएको छ । आइतबार टोकियोमा मात्र १४ जना संक्रमित भेटिएसँगै अहिलेसम्म राजधानीमा संक्रमितको संख्या पाँच हजार १ सय ५२ पुगेको छ ।
जापानमा संक्रमितको संख्यामा डायमण्ड प्रिन्सेस नामक पानी जहाजमा संक्रमित ७१२ जनालाई समावेश भने गरिएको छैन । उनीहरू टोकियो नजिकैको सहर योकोहामास्थित बन्दरगाहामा जहाजमा नै क्वारेन्टिनमा राखिएको समय संक्रमित भेटिएका थिए । युरोपका अधिकांश मुलुकमा संक्रमण नफैलिँदै जापानमा संक्रमितहरूको संख्या उल्लेख्य देखिएको भए पनि जापानको सावधानीपूर्ण निर्णय र सफल स्वास्थ्य प्रणालीका कारण संक्रमण दर र मृत्यु सुरूमा अनुमान गरिएभन्दा निकै कम रहेको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
- भारतले हटायो प्याज निर्यात प्रतिबन्ध
- काठमाडौंमा अत्याधुनिक ल्याब खोल्ने सम्झौता
- ‘सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौँ’
- हिमालयन बैंकद्वारा पर्सा प्रहरीलाई सहयोग
- नेपाल लाइफले मनायो २३औँ वार्षिकोत्सव
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया