नयाँ दिल्ली, जेठ १३
सोमबार मुस्लिम समुदायका नागरिकको ठूलो पर्व इद उल फित्रका दिन नयाँ दिल्लीलगायतका भारतका अधिकांश स्थानका मस्जिदहरु बन्द भएका छन् । भारतमा पनि बढ्दो कोरोना भाइरसको प्रकोपका कारण भारतले पनि गएको दुई महिनाभन्दा लामो समयदेखि लकडाउन गरेको छ । लकडाउनका कारण तथा यस प्रकोपको बढ्दो संक्रमणका कारण यहाँका मुस्लिम समुदायका नागरिकहरु आज मस्जिदमा भेला नभएका हुन् । नयाँ दिल्लीको सबैभन्दा ठूलो फेताहपुरी मस्जिद सोमबार बन्दाबन्दीको पालना गर्दै बन्द गरिएको जनाइएको छ । यसअघिका इदको समयमा हजारौँको भीड लाग्ने गरेको यस मस्जिदमा सोमबार कोही पनि उपस्थित नभएका हुन् ।
इस्लामिक धर्मावलम्बीहरुले एक महिनाको रमजान व्रतपछि इद उल फित्रको दिनमा उक्त ब्रतको समापन गर्ने गर्दछन् । यस दिन विश्वका मुस्लिम समुदायका नागरिकहरु मस्जिदमा जम्मा भएर इद मनाउने गर्दछन् । तर सोमबार भारतका प्रायः सबैजसो मस्जिदहरु बन्द रहेका बताइएको छ । यसवर्ष कोभिड १९को महामारीका कारण यसअघि महिनादिनदेखि जारी रहेको इदको अवसरमा पनि कसैलाई मस्जिदमा नजान र घरबाटै नमाज पढ्न भारत सरकारले आग्रह गरेको थियो । सरकारको सोही आदेश बमोजिम नै भारतका प्रायः सबैजसो मस्जिदमा इस्लाम धर्मावलम्बीहरु गएको महिना दिनसम्म र सोमबार पनि जम्मा नभएको बताइएको छ । रासस–एएनआई
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- अर्थतन्त्रका सही नीति यथावत् रहनुपर्छ : अध्यक्ष ओली
- गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ
- करको दायरा परिवर्तन पारदर्शी हुनेछ: अर्थमन्त्री पुन
- जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
- बाग्मती प्रदेशसभाका विषयगत समितिहरु सभापतिविहीन
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया