काठमाडौं, जेठ १५
मानवविरुद्धको अज्ञात दुष्मनका रूपमा बिगत पाँच महिनादेखि विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस कोभिड १९ को संक्रमणले नेपाललाई पनि आक्रान्त पार्दै लगेको छ । संसारका सक्तिशाली, साधन स्रोत र प्रविधिले सम्पन्न विकसित यूरोप, अमेरिकालगाएत चीन, कोरिया, भारत जस्ता मुलुकलाई हायलकायल बनाइरहेको छ । कोरोना भाइरसले नेपालजस्तो स्रोत, साधन र प्रबिधिको पछ्यौटे मुलुकलाई अरु मुलुकलाई भन्दा ढिलो सताउन थाले पनि सानै संख्याको संक्रमणले पनि छिटै थला पार्ने अवस्था देखिन थालेको छ ।
नेपालमा कोरोना संक्रमणबाट मर्नेको संख्या चार पुगेको छ भने संक्रमित संख्या आठ सय ८६ पुगेको छ । तर, संक्रिमितको संख्या दिनप्रतिदिन बढदो क्रममा रहेको छ । अहिलेसम्मको संक्रमितको संख्यालाई हेर्दा यो कुनै ठुलो संख्या होइन । तर, कोरोनाको कारण अहिले नेपालमा मर्नेहरूमध्ये २ नम्वर प्रदेशका १ जना, ३ नम्बरका १ जना र ५ नम्बर प्रदेशका २ जना रहेका छन् । कोरोनाका कारण मानिसको ज्यान जान थालेपछि मात्रै कोरोेना संक्रमणको परीक्षणलाई केहीरूपमा बढवा दिन थालिएको छ । ५ नम्बर प्रदेशका शिक्षकको मात्रै कोरोना पहिचानपछि निधन भएको थियो । यसको अर्थ नेपालमा परीक्षण गर्ने उपयुक्त साधन र स्रोत अभाव रहेको छ । कोरोना नै नलागी एक व्यक्तिको बुटवलमा चार दिनपछि मात्र लाश उठाइएको घटना पनि ताजै छ ।
क्वारेन्टाइनमा राखेका व्यक्तिहरूको १५ दिन बित्दा पनि परीक्षण नगरिएपछि उनीहरूले क्वारेन्टाइन छाडेर भाग्न थालेको मात्र होइन, नेपालगञ्जमा परीक्षणप्रति समुदायले नै अबिश्वास गरेपछि तीन दिनसम्म कफ्यु लगाउनु परेको थियो । सरकारले जनतालाई कोरोना संक्रमण र यसको परीक्षण बारे आस्वस्त बनाउन सकेको छैन र यसलाई निकै मिहिनेत गर्नुपर्ने देखिएको छ । तर, सत्ता संघर्षको भुमरीमा परेको सरकारले त्यसबाट बाहिर निस्किएर सजिलोसँग जनतालाई बुझाउने समय पनि पाएको देखिएको छैन । गरीवी, अशिक्षा र बेरोजगारीले ग्रसित नेपाली जनमानसमा कोरोनाको भाइरस अहिले चौतर्फी त्रासको बिषय बनेको छ ।
तेस्रो मुलुकमा रोजगारीको लागि गएका नेपालीहरूमा घर परिवार, उसको स्वास्थ्य र सुरक्षा मात्र होइन, रकम नपठाउँदाको असर उसको परिवारमा छाक टार्न समस्या परेकै छ । भारतबाट अहिलेसम्म पाँच लाख मानिस फर्किएको र उनीहरूको अहिलेसम्म स्वास्थ्य परीक्षण हुन सकेको छैन । तर, पनि दिनहँु भारतबाट लर्को लागेर फर्किने नेपालीको ताँती रोकिएको छैन । यही कारण नेपालको तराईका सबै जिल्लाहरू अहिले कोरोना महामारीले पिल्सिएका छन र त्यसको त्रास काठमाडौं उपत्यका र अरु शहरमा फैलिएको छ ।
बुढाबुढी बा–आमालाई गाउँमा छाडेर छोराछोरी लिएर सहरमा तिनको पठनपाठनमा गर्न बसेका, बैदेशिक रोजगारीमा गएका, परिवारका सदस्यहरू र सहरमा सानोतिनो काम गरेर गुजारा चलाउँदै आएका ब्यक्तिहरू धमाधम गाउँ फर्किएका छन । सहरमा कोरोनाको त्रास बढेपछि उनीहरू गाउँ फर्कदा बुढाबुढीले जोहो गरेर राखेको खाद्यन्न सकिएपछि अनिकालको मारमा पर्न थालेका छन् । लकडाउनका कारण बजार बन्द रहेका कारण अहिले गाउँघरमा किनेर खाने अवस्था छैन । गाउँघरमा नजिकै किन्ने पसल पनि हुँदैनन । खाने मुख थपिएपछि घरमा भएको खाद्यन्न सकिएको र खाद्यन्न किन्ने पैसा पनि नभएकोले सिंगो पहाडी क्षेत्रमा अनिकाल भित्रिएको छ । यसले गर्दा पहाडी क्षेत्रमा खशी, बाख्रा, कुखुरा चोरीको ‘घटना’ बढेका छन् ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया