‘एक सहकारी एक सदस्य’ नीति लागू नहुँदा सहकारी क्षेत्रमा बेथिति
दोलखा । एक सहकारी एक सदस्य निति सहकारीहरूले लागू नगर्दा यस क्षेत्रमा समस्या देखिएको सरोकारवालाहरूले बताएका छन् । दोलखाका सहकारीहरूका छाता संस्थाका प्रतिनिधि तथा जिल्लाका स्थानीय तहका जनप्रतिनिधिबीच आइतबार भएको छलफलमा उनीहरूले सहकारी संस्थाहरू धेरै हुँदा पनि समस्या थपिएको बताए ।
दोलखामा डिभिजन सहकारी कार्यालय हुँदै दर्ता भएका करिब सात सय सहकारी रहेका छन् । जिल्ला सहकारी संघ दोलखा अध्यक्ष देवीप्रसाद फुयालले दर्ता रहेकामध्ये ५५ प्रतिशत सहकारी मात्र सञ्चालनमा रहेको बताए । छलफलमा कालिञ्चोक गाउँपालिका अध्यक्ष अर्जुनप्रसाद शिवाकोटीले सहकारीहरू मर्जरमा जानुपर्नेमा जोड दिए । यस्तै, उनले पनि एक व्यक्ति एक मात्रै सहकारीको सदस्य हुन पाउने नियम कडाइका साथ लागू गरिनुपर्ने बताए । त्यस्तै, मेलुङ गाउँपालिका अध्यक्ष हिराकुमार थोकरले सहकारी क्षेत्रमा देखिएको समस्या तत्काल हटिहाल्ने अवस्थामा नरहेकाले दीर्घकालीन योजना बनाएर स्थानीय तहले सहकारीमा देखिएको बढ्दो विकृतिलाई रोक्नतर्फ लाग्नुपर्नेमा जोड दिए ।
अध्यक्ष थोकरले कतिपय सहकारी झोलाबाट सञ्चालन हुँदै आएको बताए । ‘बीसौँ, वर्षसम्म एउटै अध्यक्ष बनेर पहिले पहिले जङ्गल सखाप पार्ने चलन थियो । हिजोआज सहकारी क्षेत्र पनि सामुदायिक जङ्गलजस्तै भएको छ’, उनले भने, ‘वर्षौँसम्म आफैँ अध्यक्ष बन्ने, विधान आफैँ निर्माण गर्ने र संकलित रकम पनि आफ्नै शैलीमा चलाउने प्रवृत्तिको अन्त्य नहुँदा देशभरका दर्जनौँ सहकारी संकटमा परेका छन् ।’ त्यस्तै, छलफल गौरीशंकर गाउँपालिका अध्यक्ष विश्वास कार्कीले सहकारीको बेथिति रोक्न जिल्लाका स्थानीय सरकारले स्थानीय सहकारी कानुन निर्माण गरेर अनुगमन गर्नुपर्ने बताए ।
जिल्ला समन्वय समितिका प्रमुख बजुराम घातानीले दोलखा सहकारीको उर्वरभूमिको रूपमा परिचित भए पनि जिल्लामा सहकारीसम्बन्धी दर्जनौँ मुद्दा अदालतमा पुगेको उल्लेख गरे । एक वर्षको अवधिमा दुई दर्जनभन्दा बढी सहकारीका सञ्चालक र कर्मचारीहरू सहकारी हिनामिना आरोपमा हिरासतमा पुगेको उनको भनाइ छ । दोलखामा १३ अर्बभन्दा बढी बचत रकम सहकारीमार्फत परिचालन हुँदै आएको छ । सहकारीमा व्यापक बेथिति देखिन थालेपछि जिल्ला समन्वय समितिले स्थानीय तहका जनप्रतिनिधि र सहकारी संघसंस्थाका छाता संगठनका प्रतिनिधिबीच छलफल गरेको हो । समितिको एक स्थानीय तह एक मासिक बैठकअनुसार आइतबार वैतेश्वर गाउँपालिकामा आयोजित बैठकमा सहकारी क्षेत्रमा पछिल्लो समय देखिएको विकृतिलाई रोक्नेबारे छलफल भएको थियो ।
क्याटेगोरी : सहकारी–कृषि
ट्याग : #Page 8
ताजा अपडेट
- फाइनल प्रवेशका लागि रियल र बार्यन भिड्दै
- बुढ्यौलीमा चोटसँग जुधेर खेलिरहेका धोनी
- प्रमुख प्रतिपक्षीले उठाएका विषयवस्तुप्रति सरकारले बेवास्ता गरिरहेको छ – प्रमुख सचेतक लेखक
- सहकारीमा दोस्रो तहको नियामक अतिआवश्यक :पूर्वअर्थमन्त्री खतिवडा
- मेची भन्सारद्वारा ११ अर्ब ३२ करोडभन्दा बढी राजश्व संकलन
- यी हुन आज शेयर बजारबाट सबैभन्दा धेरै कमाउने दश कम्पनी
- औद्योगिक विकासतर्फ अग्रसर हुन घरेलु उद्यमशीलतालाई बढावा दिन जरुरी छ: राष्ट्रपति पौडेल
- सिन्धुली चियाबारी–खुर्कोट सुरुङ मार्ग निर्माण थालनी गर्न प्रधानमन्त्रीसँग माग
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया