काठमाडौं, जेठ २२
कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ८३ हजार ७२ पुगेको छ भने संक्रमितको संख्या ६४ लाख ८२ हजार ६९५ पुगेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) आफ्नो दैनिक विज्ञप्तिमा जानकारी दिएको छ । नेपाली समयानुसार बुधबार साँझसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसको कारण बिरामी भएका ३० लाख ८९ हजार १ सय १ जना निको भएका छन् । हालसम्म कोरोना भाइरस संक्रमित ५४ हजार ४ सय ९३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । चीनको हुबे प्रान्तको उहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिकालाई अत्यन्त प्रभावित पारेको छ ।
डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र १८ लाख ८१ हजार ४ सय ८२ जनामा कोरोना भाइरस संक्रमण रहेको छ । यस प्रकोपको कारण अमेरिकामा १ लाख ८ हजार ८३ व्यक्तिको मृत्यु भएको छ । दक्षिणमा अमेरिकामा ९ लाख ४७ हजार ७ सय ५९ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ४२ हजार ७ सय २२ को मृत्यु भएको छ । युरोपमा २० लाख २४ हजार १४ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने, १ लाख ७५ हजार ८ सय ७३ को मृत्यु भएको छ । एसियामा १२ लाख १५ हजार १६२ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ३२ हजार १ सय ३९ जनाको मृत्यु भएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
- भारतले हटायो प्याज निर्यात प्रतिबन्ध
- काठमाडौंमा अत्याधुनिक ल्याब खोल्ने सम्झौता
- ‘सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौँ’
- हिमालयन बैंकद्वारा पर्सा प्रहरीलाई सहयोग
- नेपाल लाइफले मनायो २३औँ वार्षिकोत्सव
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया