काठमाडौं । बीमाको विकास, विस्तार र सबलताको लागि भन्दा पनि पहुँच विस्तारको लागि भन्दै पाँचतारे होटलहरूमा दैनिकजसो कार्यक्रम गरेर समय बिताउने नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालको सुगा रटाइ व्यर्थ भएको छ । कहिले जीवन बीमा, कहिले निर्जीवन बीमा, कहिले कुन प्रदेश–कहिले कुन प्रदेश, कहिले बीमा अभिकर्ता आदिको लागि गोष्ठी तथा सभासमारोह गर्दै हिँड्ने सिलवाल कार्यालयमा भन्दा धेरै समय यस्तै कार्यक्रममा भेटिन्छन् ।
समग्र बीमा क्षेत्रको विकास र सबलताको लागि भन्दा पनि बीमाको पहुँच विस्तारको लागि भन्दै हरेक कार्यक्रममा एउटै निर्देशन दिएर आत्मरतिमा रमाउने अध्यक्ष सिलवालको कार्यशैलीले बीमाको पहुँच बढ्नेभन्दा पनि घट्दै गएको प्राधिकरणको तथ्यांकले देखाएको छ । तथ्यांकअनुसार २०७९ माघ मसान्तसम्म म्यादी, लघु म्यादी र वैदेशिक रोजगार जीवन बीमालेखसहित बीमाको दायरामा आएको जनसंख्या ४४ दशमलव सात प्रतिशत थियो । तर, एक वर्षपछि २०८० माघ मसान्तसम्म यो घटेर ४३ दशमलव १३ प्रतिशतमा झरेको छ ।
बीमाको पहुँच खुम्चिँदै गएपछि निर्जीवन र जीवन बीमा कम्पनीहरूको कुल बीमाशुल्क संकलन पनि सामान्य बढेको देखिन्छ । गत आर्थिक वर्षको माघ मसान्तमा जीवन बीमा कम्पनीहरूले ८३ अर्ब ३९ करोड १४ लाख २४ हजार र निर्जीवन बीमा कम्पनीहरूले २३ अर्ब छ करोड २९ लाख ८२ हजार रूपैयाँ समेत गरी कुल एक खर्ब छ अर्ब ४५ करोड ४४ लाख छ हजार रूपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । चालू आर्थिक वर्षको माघ मसान्तसम्म जीवन बीमा कम्पनीहरूले ८६ अर्ब ९२ करोड ३१ लाख १० हजार र निर्जीवन बीमा कम्पनीहरूले २२ अर्ब ४६ करोड २८ लाख ४९ हजार रूपैयाँ गरी कुल एक खर्ब नौ अर्ब ३८ करोड ५९ लाख ५९ हजार रूपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।
यस वर्षको माघ मसान्तसम्म निर्जीवन बीमा कम्पनीहरूमा कुल बीमालेखको संख्या बढेको छ भने जीवन बीमा कम्पनीहरूमा घटेको छ । जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्षको माघ मसान्तसम्म कुल एक करोड ३७ लाख ९४ हजार एक सय १७ वटा बीमालेखहरू जारी गरेका छन् । यो संख्या गत आर्थिक वर्षको सोही अवधिको तुलनामा तीन दशमलव २७ प्रतिशतले कम हो । गत आर्थिक वर्षको माघ मसान्तमा जीवन बीमा कम्पनीहरूले एक करोड ४२ लाख ६० हजार एक सय ३९ वटा बीमालेख जारी गरेका थिए । यसवर्ष माघ मसान्तसम्म निर्जीवन बीमा कम्पनीहरूले भने १७ लाख दुई हजार नौ सय ८७ वटा बीमालेख जारी गरेका छन् । यो संख्या गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चार दशमलव शून्य आठ प्रतिशतले बढी हो । प्राधिकरणका अनुसार गत आर्थिक वर्षको सोही अवधिमा निर्जीवन बीमा कम्पनीहरूले कुल १६ लाख ३६ हजार दुई सय ८४ वटा बीमालेख जारी गरेका थिए ।
क्याटेगोरी : बीमा बजार
ट्याग : #Page 1
ताजा अपडेट
- मेची भन्सारद्वारा ११ अर्ब ३२ करोडभन्दा बढी राजश्व संकलन
- यी हुन आज शेयर बजारबाट सबैभन्दा धेरै कमाउने दश कम्पनी
- औद्योगिक विकासतर्फ अग्रसर हुन घरेलु उद्यमशीलतालाई बढावा दिन जरुरी छ: राष्ट्रपति पौडेल
- सिन्धुली चियाबारी–खुर्कोट सुरुङ मार्ग निर्माण थालनी गर्न प्रधानमन्त्रीसँग माग
- घरेलु तथा साना उद्योगद्वारा उत्पादित वस्तुको अन्तर्राष्ट्रियस्तरको बिक्री कक्ष स्थापना जरुरी: मन्त्री भण्डारी
- १९ सय ६० बिन्दुमा खुम्चियो सेयर बजार
- दुर्घटनामा एक विद्यार्थीको मृत्यु, आठ घाइते
- सडक नभएमा अन्य संरचना निर्माण गर्नुको कुनै औचित्य हुँदैन: अध्यक्ष ओली
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया