श्रीलंकाको केन्द्रीय बैंकले घटायो ब्याजदर
कोलम्बो । श्रीलंकाको केन्द्रीय बैंकले स्थायी निक्षेप सुविधा दर (एसडीएफआर) र स्थायी ऋण सुविधा दर (एसएलएफआर) घटाएको छ । मुद्रास्फीति नियन्त्रणमा आउने सङ्केतहरु देखापरेपछि केन्द्रीय बैंकले स्थायी निक्षेप सुविधा दर ५० आधार अंकले घटाएर आठ दशमलव पाँच प्रतिशत र स्थायी ऋण सुविधा दर ५० आधार अंकले घटाए र नौ दशमलव पाँच प्रतिशतमा झार्ने निर्णय गरेको छ ।
केन्द्रीय बैंकले मुद्रास्फीति दर पाँच प्रतिशतको सीमाभित्र कायम राख्ने प्रयास भइरहेको उल्लेख गरेको छ । केन्द्रीय बैंकले अर्थतन्त्रलाई निर्धारित लक्ष्यमा पुर्याउन आन्तरिक तथा बाह्य आर्थिक घटनाक्रमको विस्तृत मूल्यांकनपछि यस्तो निर्णयमा पुगिएको जनाएको छ ।
कमजोर माग, मुद्रास्फीतिको अवस्था, बाह्य क्षेत्रको दबाबलाई हेरेर ब्याजदर घटाउनेसम्बन्धी निर्णयमा पुगेको केन्द्रीय बैंकले जनाएकोे छ । आर्थिक गतिविधि निर्धारित लक्ष्यभन्दा तल रहने अनुमान गरिएकाले केन्द्रीय बैंकले आगामी दिनमा मुद्रास्फीतिबाट आउने सम्भावित जोखिमलाई हेरेर विश्लेषण गरिएको जनाइएको छ ।
केन्द्रीय बैंक सञ्चालक समितिले न्यून ब्याजदर, कर्जा विस्तारमा सहजीकरण, वाञ्छित सीमाभित्रको मुद्रास्फीतिलगायत मौद्रिक उपकरणहरूको प्रयोगबाट अर्थतन्त्रलाई सहज बनाउने नीति लिएको बताइएको छ । बढ्दो मुद्रास्फीतिको सामना गर्न श्रीलंकाले सन् २०२२ मा ब्याजदर बढाएको थियो ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- एमडीको आवरणमा कुलमानले गरे प्रसारण लाइन र सबस्टेसन निर्माणको ठेक्का कब्जा
- सुन तस्करीको आरोप लागेका सुमनमान ताम्राकारविरुद्ध अदालतको अवहेलनामा मुद्दा दायर
- फाइनल प्रवेशका लागि रियल र बार्यन भिड्दै
- बुढ्यौलीमा चोटसँग जुधेर खेलिरहेका धोनी
- प्रमुख प्रतिपक्षीले उठाएका विषयवस्तुप्रति सरकारले बेवास्ता गरिरहेको छ – प्रमुख सचेतक लेखक
- सहकारीमा दोस्रो तहको नियामक अतिआवश्यक :पूर्वअर्थमन्त्री खतिवडा
- मेची भन्सारद्वारा ११ अर्ब ३२ करोडभन्दा बढी राजश्व संकलन
- यी हुन आज शेयर बजारबाट सबैभन्दा धेरै कमाउने दश कम्पनी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया