राँझा (बाँके) । नेपालगञ्जस्थित प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरको छानामा ताम्रपत्र लगाइएको छ । छानामा धेरै पहिले राखिएको टायल जीर्ण भई खस्न थालेपछि ताम्रपत्रले छाउने काम भएको नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्टले जानकारी दिए ।
“बागेश्वरी मन्दिरको छानामा वास्तुशास्त्र मिल्ने र टिकाउ पनि हुने भएकाले छानामा ताम्रपत्र लगाएका छौं”, नगरप्रमुख बिष्टले भने, “ताम्रपत्रको छानो लगाउँदा लागत सोचेभन्दा धेरै भएपनि सौन्दर्य र टिकाउ हुनेछ ।”
करिब ७५ लाख लागतमा बागेश्वरी मन्दिरको छानामा ताम्रपत्र लगाउने काम भएको बागेश्वरी मन्दिर व्यवस्थापन समितिका सदस्य एवम् मन्दिर सौन्दर्यीकरण उपभोक्ता समितिका सचिव नारद पुरीले राससलाई जानकारी दिए ।
उनका अनुसार मन्दिरको छानो ताम्रपत्रले छाउने काम अन्तिम चरणमा पुगेको छ । नेपालगञ्ज–२ मा अवस्थित बागेश्वरी मन्दिर हिन्दू धर्मावलम्बीको पवित्र तथा महत्वपूर्ण धार्मिकस्थलका रुपमा छ । नेपाल र भारतका विभिन्न स्थानबाट यहाँ भक्तजन दैनिक आउने गर्छन् । बागेश्वरीको दर्शनबाट प्रमुख शक्तिपीठका रुपमा रहेको बागेश्वरीमा विजयादशमीको समयमा दर्शनार्थीको भीड हुने गरेको मन्दिरका मूल महन्त चन्द्रनाथ योगीको भनाइ छ ।
उनका अनुसार यहाँ सतीदेवीको जिब्रो पतन भएकाले साक्षात देवीको बास रहेको छ । जनश्रुतिअनुसार बागेश्वरीमा सतीदेवीको जिब्रो पतन भएकाले सुरुमा बाक्येश्वरी, त्यसपछि बाग्येश्वरी हुँदै बागेश्वरी भएको विश्वास गरिन्छ । पछिल्लो पटक बागेश्वरी मन्दिरमा प्रत्येक सोमबार गरिने महाआरतीमा नेपालगञ्जबासीलगायत टाढाटाढाबाट श्रद्धालु भक्तजन सहभागि हुने गरेका छन् ।
क्याटेगोरी : प्रदेश समाचार, लुम्न्बिनी प्रदेश
ताजा अपडेट
- फाइनल प्रवेशका लागि रियल र बार्यन भिड्दै
- बुढ्यौलीमा चोटसँग जुधेर खेलिरहेका धोनी
- प्रमुख प्रतिपक्षीले उठाएका विषयवस्तुप्रति सरकारले बेवास्ता गरिरहेको छ – प्रमुख सचेतक लेखक
- सहकारीमा दोस्रो तहको नियामक अतिआवश्यक :पूर्वअर्थमन्त्री खतिवडा
- मेची भन्सारद्वारा ११ अर्ब ३२ करोडभन्दा बढी राजश्व संकलन
- यी हुन आज शेयर बजारबाट सबैभन्दा धेरै कमाउने दश कम्पनी
- औद्योगिक विकासतर्फ अग्रसर हुन घरेलु उद्यमशीलतालाई बढावा दिन जरुरी छ: राष्ट्रपति पौडेल
- सिन्धुली चियाबारी–खुर्कोट सुरुङ मार्ग निर्माण थालनी गर्न प्रधानमन्त्रीसँग माग
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया