काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले चलाएको गुण्डागर्दी तथा अवैध हातहतियार नियन्त्रणसम्बन्धी अभियानका क्रममा नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको छ । ताप्लेजुङ फुङ्लिङका २८ वर्षीय प्रशान्त पराङदेवा लिम्बू शुक्रबार पेस्तोलसहित पक्राउ परेको हो ।
कपन क्षेत्रमा पछिल्लो समयमा गुण्डागर्दी गर्ने र समाजमा भय त्रास सृजना गर्ने गरेको अभियोगमा परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीले लिम्बूलाई पक्राउ गरिएको जानकारी दिए ।
पक्राउ परेका लिम्बूसँग कटुवा पेस्तोल एक थान, धारिलो चक्कु दुई थान, फलामको हम्बर एक थान, मोबाइल दुई थान र आइफोन एक थान प्रहरीले बरामद गरेको छ । पक्राउ परेका लिम्बूसँग आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता अधिकारीले बताए ।
क्याटेगोरी : सुरक्षा अपराध
ताजा अपडेट
- आर्थिक वर्षको बजेटले रुपान्तरणकारी योजना तथा कार्यक्रम ल्याउछ: अर्थमन्त्री पुन
- अर्थतन्त्र सुधार हुन निजी क्षेत्रको मनोबल बढाउँनु पर्छ : चेम्बर अध्यक्ष अग्रवाल
- नयाँ सरकार बनाउन कोशीमा हस्ताक्षर सनाखत सुरु
- दीपा झा र महेश मुखियाको ‘जापानी टाइफन’ सार्वजनिक
- आगूऔषध सहिति ७ जना पक्राउ
- म्यान्मारद्वारा एक वर्षमा पाँच लाख टन हरियो चना निर्यात
- उत्पादनमा त्रुटिभएपछि कोरियाली कम्पनीका आठ हजार गाडी फिर्ता
- ‘सहकारीले संकलित पुँजीलाई उचित परिचालन गर्न सकेनन्’
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया