भारतमा एकैदिनमा झण्डै १० हजार संक्रमित, २ सय ७९ को मृत्यु
नयाँ दिल्ली, जेठ २९
भारतमा कोरोनाभाइरसका कारण एकैदिनमा झण्डै दश हजार जना संक्रमित भएका छन् । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ९ हजार ९ सय ८५ जना संक्रमित भएको पुष्टि भएको हो । योसँगै भारतमा कुल संक्रमितको संख्या दुई लाख ७६ हजार ५ सय ८३ पुगेको पनि स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा २ सय ७९ जनाको मृत्यु भएको जनाएको छ । योसँगै भारतमा अहिलेसम्म कोरोनाका कारण मृत्यु भएकाहरुको संख्या ७ हजार ७ सय ४५ पुगेको छ ।
भारतमा अहिले पनि एक लाख ३३ हजार ६ सय ३२ जना संक्रमित अवस्थामै रहेका छन् भने संक्रमणमुक्त भएकाहरुको संख्या एक लाख ३५ हजार २ सय ५ रहेको मन्त्रालयले जनाएको छ । कोरानाभाइरसको संक्रमण भारतमा सवैभन्दा धेरै महाराष्ट्र प्रदेशमा देखिदै आएको छ । महाराष्ट्रमा मात्रै बुधबारसम्म ९० हजार ७ सय ८७ जना संक्रमित भएका छन् ।
दोस्रो धेरै संक्रमित भएको तमिलनाडु प्रदेशमा भने ३४ हजार ९ सय १४ जना संक्रमित रहेका छन् । मेडिकल रिसर्च परिषद्का अनुसार पछिल्लो २४ घण्टामा भारतमा एक लाख ४५ हजार २ सय १६ जनाको कोरोना परीक्षण गरिएको छ । भारतमा अहिलेसम्म ५० लाख ६१ हजार ३ सय ३२ जनाको कोरोना परीक्षण गरिएको छ । (रासस/एएनआई)
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- अर्थतन्त्रका सही नीति यथावत् रहनुपर्छ : अध्यक्ष ओली
- गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ
- करको दायरा परिवर्तन पारदर्शी हुनेछ: अर्थमन्त्री पुन
- जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
- बाग्मती प्रदेशसभाका विषयगत समितिहरु सभापतिविहीन
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया